कतारी अमिरको नेपाल भ्रमणः १५ मिनेट उडान स्थगित गरिने

११ बैशाख २०८१

cover image

फाइल फोटो

काठमाडौं । मंगलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका लागि आउँदैछन् । उसको सुरक्षालाई मध्यनजर गर्दै केहि समयको लागि उडान स्थगित गरिने भएको छ ।     

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले कतारी अमिरको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी उनको आगमन र प्रस्थानका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य सबै उडान १५/१५ मिनेट स्थगित गरिने जानकारी दिए । उनको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज आउँदै छन् । उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ ।

विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । कतारी अमिरको भ्रमणका सिलसिलामा विभिन्न तयारी बैठक समेत गरी कार्य जिम्मेवारी बाडँफाँट गरिएको छ ।

सरकारले जारी गरेको विशिष्ट व्यक्ति शान्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा व्यवस्थापन चुस्त तुल्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए । 

कतारका अमिरको आजदेखि हुने भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो । पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपालको वैदेशिक श्रम गन्तव्यमध्ये कतार एक महत्वपूर्ण देश हो ।  
 

Image

महासचिव दुवालले सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, ...

Image

पशुपन्छीतर्फको सचिव डा रेवतीरमण पौडेल कृषि सचिवमा सरुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार...

Image

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वा...

Image

उनीहरूले विभिन्न व्यक्तिको नागरिकता दुरूपयोग गरेको, विदेश जान चाहने युवायुवतीहरूलाई ४ लाखदेखि ७ लाख ...

Image

विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार करिब २ बजेको समयमा ना.८ख ८७१२ नम्बरको ट्रक जिल्ला पर्सा वीरगन...

Image

काठमाडौंको धरहरा अगाडी तीन वटा प्रतीक्षालय बनाइएको छ । धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएको यी...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४