कनेक्ट आईपीएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

११ बैशाख २०८१

cover image

काठमाडौं । कनेक्ट आईपीएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्नेछन् । 

यो अफर कनेक्ट आईपीएसबाट वैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछि कनेक्ट आईपीएसको आधिकारिक वेबसाइटमा विजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने छ । 

अभिभावकहरू तथा विद्यार्थीहरूलाई कनेक्ट आईपीएस मार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ । कनेक्ट आईपीएसबाट ७०० भन्दा बढी स्कुलहरूको भुक्तानी गर्न सकिन्छ । भुक्तानीकर्ताले कनेक्ट आईपीएसको वेब वा एपमा लग इन गरी क्रेडिटर्स पेमेन्ट अन्तर्गत एजुकेशनल इन्सिच्युसनमा क्लिक गरी स्कुलमा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कुल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन् । 

शैक्षिक संस्थाहरूले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आईपीएसमा क्रेडिटरको रूपमा आबद्ध हुन सक्नेछन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्थासँग सम्पर्क गरी अनलाइन सेवा लिन सकिन्छ ।       

 

Image

सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्...

Image

उनका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न...

Image

नेपाल सरकार र प्राधिकरणलाई समेत आरोप लगाई विभिन्न सञ्चार माध्यमहरूमा व्याण्डविथ खरिद वापतको विदेशी म...

Image

साइबर अपराधको बढ्दो खतरालाई न्यूनीकरण गर्न बहुआयामिक दृष्टिकोणको आवश्यकता छ । नेपालमा साइबर अपराध वि...

Image

२०७५ साउन १५ को मन्त्रिपरिषद् बैठकले  उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्ने निर्ण...

Image

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विदेशी विनियम सटही गर्न न...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४