काठमाडौंका सामुदायिक विद्यालयलाई ‘स्मार्ट बोर्ड’ वितरण गरिने

१६ बैशाख २०८१

cover image

काठमाडौं । महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ । सामुदायिक विद्याल र शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड वितरण गर्ने तयारी गरेको महानगरको शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिए । 

प्रमुख पोखरेलका अनुसार उक्त बोर्ड अहिले खरिद प्रक्रियामा छ । केही दिनभित्रमा नै विद्यालयलाई वितरण गर्ने तयारी रहेको उनले बताए । “अहिले कुनकुन विद्यालयलाई वितरण गर्ने यकीन भने भएको छैन”, उनले भने । 

हाल महानगरमा ८९ सामुदायिक विद्यालय छन् । सकेसम्म धेरै विद्यालयलाई वितरण गर्ने चाहना महानगरको छ । स्मार्ट बोर्ड, प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्ययन गराउने एउटा माध्यम हो । “आवश्यकताअनुसार भिडियो देखाउन मिल्नेछ, गुगल सर्च गरी पठन पाठन गर्न मिल्छ, आवश्यकता परे पावर पोइन्टको प्रयोग गरेर अध्ययन गर्न मिल्ने प्रविधि हो” उनले भने ।  

बोर्डसँगैले शिक्षकलाई अध्यापन गराउन सहजताका लागि ल्यापटपसमेत वितरण गर्ने तयारी रहेको जनाइएको छ । ल्यापटप पनि खरिद प्रक्रियामा रहेको पोखरेलले जानकारी दिए । त्यसैगरी कामपाले नेपाल सरकाको मापदण्डअनुसार विद्यार्थीलाई अध्ययन गर्न सहज होस् भन्ने हिसाबले फर्निचरका सामग्री पनि खरिद गर्ने तयारी गरेको महानगरले जानकारी दिएको छ ।    

कामपाले सामुदायिक विद्यालयलाई सुधारेकै कारण चालु शैक्षिकसत्रमा महानगरका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । न्यून शुल्कमा विषयगत शिक्षकमार्फत अध्ययन गर्न पाउने भएपछि महानगरका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी बढेका हुन् ।   

शिक्षा विभागका अनुसार अहिले सामुदायिक विद्यालयमा अध्ययन अध्यापन गर्नका लागि सबै स्रोतसाधनले सम्पन्न प्रविधिमैत्री बनाउने प्रयासमा कामपा रहेको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि उपयुक्त वातावरण तयार गर्ने काममा नै कामपाको ध्यान केन्द्रित भएको प्रमुख पोखरेलले बताए । शिक्षा क्षेत्रको सुधारकै लागि कामपाले चालु आर्थिक वर्षका लागि शिक्षामा रु एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।  

Image

रास्वपाको संविधान, गणतन्त्र र सङ्घीयताप्रतिको दृष्टिकोण पनि स्पष्ट नभएको उनले बताएका छन् ।

Image

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि ...

Image

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्र सम्मबीमा सेवा विस्तार गर्न...

Image

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थ...

Image

काठमाडौं । अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको ...

Image

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकार...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४