इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो शुरु, ऊर्जामन्त्री भन्छन्– स्वदेशी बिजुली खपत बढाऔँ

१२ बैशाख २०८१

cover image

काठमाडौं । विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देश सहित सुरुवात गरिएको हो ।

र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुवात अघि बिहान विद्युतीय सवारी प्रर्वद्धन र विद्युत खपत बढाउने सन्देश दिंदै इभी ¥याली  आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

उद्घाटनका अवसरमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे । ‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्‍यालीलीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ’ उनले भने ।

हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले विश्वास व्यक्त गरे ।

इप्पान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफै खपत गरौं भन्ने उद्देश्यले इभी याली आयोजना गरेको बताए । सरकारे सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्‍याली आयोजना गरेर प्रर्वद्धन गर्नुपर्ने बताए । 

‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । यसलाई सार्थक बनाउन पनि इभी र्‍यालीले सहयोग गर्छ’ उनले भने ।

एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक बिजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरण मैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए । 

हाइड्रो एक्स्पोको सुरुवात अघि भएको र्‍याली कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा गएर समापन भएको थियो । र्‍यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए ।

Image

गत वर्ष ९ करोड ६८ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १० करोड २४ लाख ...

Image

गत वर्ष यस अवधिसम्म ११ करोड ९९ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष कम विक्र...

Image

करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जस...

Image

गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ५ करोड ८० लाख रुपैयाँभन्दा कम खुद नाफा गरेको हो । यस त्रैमाससम्म ...

Image

आज गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तरर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवर...

Image

गत पुस २४ को मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा तीन सदस्यीय छानबिन...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४