ग्लोबल आइएमई लघुवित्तको नाफा यस वर्ष ५० प्रतिशतभन्दा बढीले वृद्धि

८ बैशाख २०८१

cover image

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिमा ५० प्रतिशतभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणलाई हेर्दा खुद नाफामा उल्लेखित परिवर्तन आएको देखिएको हो । 

गत वर्ष यस अवधिसम्म ७ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १० करोड ७२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा समेत ४७ दशमलव ४२ प्रतिशत बृद्धि भएको छ । इम्पेरमेन्ट चार्ज करिब १३ प्रतिशत बढेपनि कर्मचारी खर्च कम हुँदा कम्पनीले यस वर्ष १५ करोड ३२ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गर्न सफल भएको हो ।

 इम्पेरमेन्ट चार्ज गत वर्ष ११ करोड ५२ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १२ करोड ९८ लाख रूपैयाँभन्दा बढी रहेको हो । कर्मचारी खर्च भने गत वर्ष १९ करोड ३५ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष १९ करोड १३ लाख रूपैयाँभन्दा बढी भएको हो ।

यो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्ष यस अवधिसम्म ३ करोड ६६ लाख रूपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा यस वर्ष ४ करोड १८ लाख रूपैयाँभन्दा बढी रहेको हो । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रूपैयाँ रहेको छ भने रिटर्न अर्निग र जगेडा कोष गरी ४९ करोड ९३ लाख रूपैयाँभन्दा बढी कायम छ ।
 
यस वर्ष कम्पनीले गत वर्षभन्दा करिब ५ प्रतिशत कम निक्षेप संकलन गरेको छ भने १० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष २ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ८ अर्ब ४ करोड १४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । निष्क्रिय कर्जा यस वर्ष घटेको छ । गत वर्ष ४ दशमलव ८४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ११ प्रतिशतमा झरेको हो । 

वार्षिक प्रतिशेयर आम्दानी २३ रूपैयाँ १० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रूपैयाा ६९ पैसा रहेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा सञ्चालित यस कम्पनीको कुल शेयरमध्ये ५७ दशमलव ४८ प्रतिशत शेयर स्वामित्व ग्लोबल आइएमई बैंकको रहेको छ ।
 

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

Image

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन...

Image

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन&n...

Image

बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब...

Image

यस वर्ष इम्पेरमेन्ट चार्ज उल्लेख्य मात्रामा घटेकाले खुद नाफा गर्न कम्पनी सफल भएको हो । गत वर्ष १५ कर...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४