बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले पाएन बजार

१६ बैशाख २०८१

cover image

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए । हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन् । उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउँदैन । 

आरन व्यवसायदेखि चोयाका सामग्री बनाउने काम गाउँमै गरिन्थ्यो । खेतबारी जोत्नका लागि हलो, जुवा पनि गाउँमै बनाउने प्रचलन थियो । अहिलेको जस्तो आधुनिक हलो भित्रिएको थिएन । वन जङ्गलबाट काठ काटेर ल्याई घरमै बनाइने ती सामग्री अहिले बिक्री हुँदैन् । बनाउने मान्छे पनि कम छन् । दही, मही र दूध राख्नका लागि प्रयोग गरिने ठेकी पनि बिक्री हुँदैनन् । विभिन्न जातजातिमा आधारित सीप नागरिकको जीवन निर्वाह गर्ने माध्यम थियो ।

परम्परागत सीप बिक्न छाडेपछि पछिल्लो समय मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको छ । बागलुङको ग्रामीण समाज परम्परागत कृषि र पशुपालनमा आश्रित रहेको थियो । अहिले त्यो परिस्थिति फेरिएको छ । अचेल गाउँमा मान्छे कम छन् । उनीहरुले आयातित सामान प्रयोग गर्छन् । यसले आत्मनिर्भरभन्दा परनिर्भर बनाइरहेको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ का तुलासिंह पुन मगरले ९ वर्षको उमेरदेखि नै चोयाका सामग्री बुन्थे । डोको, नाङ्लो झेरुङ्गो, पेरुङ्गोलगायतका सामग्री घरायसी काममा प्रयोग हुन्थे । अहिले ती सामग्रीको सट्टा प्लाष्टिकका सामान प्रयोग हुन थालेका छन् । 

घर्ती भन्छन्, “जुगजमाना सबै फेरिए, हाम्रो पालाको जस्तो छैन अहिले, उतिबेला बजारबाट नुन र चामल ल्याउँथे, लत्ताकपडा ल्याउँथे, अचेल सबैथोक बजारबाट आउँछ, प्लाष्टिकका सामान आउँछन्, यहाँ बनेका काठका, चोयाका र बाबियोका सामान प्रयोग नै गर्दैनन्, नजिकै बजार छ, पैसा भएपछि सबै एकछिनमा घरमा आउँछन्, सुविधा त भयो तर हाम्रो मौलिकता हरायो, सीप पनि हराउने नै भए ।”

निसीखोला गाउँपालिका–७ का प्रेमबहादुर विकले बाल्यकालदेखि नै काठका ठेकी बनाउन सिके । पछि ठेकी बनाएरै परिवार चलाउँदै आए । सात वर्ष यता ठेकी बिक्री हुन छाडेपछि उनले अहिले ठेकी बनाउने काम नै छोडे । आफूले बनाएका ठेकी किन्नका लागि टाढाटाढाबाट ग्राहक आउने गरेको भन्दै पहिले बनाएका ठेकी यतिकै थन्क्याइएको उनको भनाइ छ । मेला, पर्व र विभिन्न सार्वजनिक कार्यक्रम हुने स्थलमा डोकोमै बोकेर ठेकी बेच्न जाने गरेको स्मरण गर्दै अहिले धातुका ठेकीले गर्दा काठका ठेकी विस्थापित भएको विक बताउँछन् । 

“मेरा छोरा नातिले पनि ठेकी बनाउन सिकेनन्, सिकेको भए पनि अहिले बिक्री हुने रहेनछ, हामीहरुले हाम्रा बाउबाजेले गरेको काम सिकेर गर्दै आयौँ, हामी पछिका युवाले पुराना पुस्ताको सीप सिकेनन्”, विकले भने, “मैले ठेकी बेचेर महिनामा उतिबेलाको रु ३० हजारसम्म कमाउने गर्थे, तर अहिले एउटा ठेकी पनि बिक्री हुँदैन, राज्यले आयातित सामानलाई प्रतिबन्ध गरेर स्थानीय उत्पादनलाई प्राथमिकता दिए हामी जस्तो हातमा सीप भएका मान्छेलाई जीविका चलाउन समस्या हुने थिएन ।”

निसीखोला–५ का ६७ वर्षीय तिलबहादुर विकले अघिल्लो वर्षसम्म आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आएका थिए । बुढ्यौलीले गर्दा हातपाखुरा चल्न छाडेपछि उनले अहिले आरनमा काम गर्दैनन । आफ्ना दुई भाई छोराले सानैबाट यो पेसाप्रति चासो नै दिएनन् । घरेलु औजार बनाइदिएबापत गाउँलेबाट हिसाब गरेर धान, गहुँ, मकैजस्ता खाद्यान्न उठाएर परिवार चलाउँदै आए पनि अहिले पेसा पूर्णरुपमा बन्द भएको छ । 

आफूले १०/१२ वर्षको उमेरदेखि नै आरनमा काम गर्न सिकेको जनाउँदै अहिलेका कुनै पनि युवाले यस पेसाप्रति चासो नदिएको उनको भनाइ छ । अचेल बजारमा हसिया, खुकुरीदेखि सबै प्रकारका फलामका औजार पाउने भएपछि गाउँमा आरन व्यवसाय बन्द गर्ने स्थितिमा पुगेको विकले बताए । रासस  

Image

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९१ पैसा पुगेको छ । युरोपियन यु...

Image

मन्त्री पुनले उद्योग व्यवसायमा पनि धेरै राम्रा मानिसहरु रहेको भन्दै सरकार निजी क्षेत्रलाई अघि लगाएर ...

Image

कार्यक्रममा साना तथा घरेलु उद्योग  महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले  उद्योगीहरुलाई कोभिड १९ ले पन...

Image

भने तत्काल भविष्यमा कम्पनीले क्रमश ३०० बाइ ४५० को वाल टाइल र ६००बाइ १२०० को जिभिटी र पिजिभिटी टाइल उ...

Image

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई रु.११७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको...

Image

ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोज...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४