आँखुखोला हाईड्रोपावरले कमायो करिब २६ लाख नाफा

१७ बैशाख २०८१

cover image

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २५ लाख ७२ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले ८६ लाख ५२ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष विद्युत विक्री आम्दानी घटेसँगै यस वर्ष खुद नाफा कम भएको हो । गत वर्ष १५ करोड ४५ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १४ करोड ४ लाख रूपैयाँभन्दा बढी मात्र विद्युत विक्री आम्दानी भएको हो ।

वित्तीय खर्च गत वर्ष ८ करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ८ करोड ६१ लाख रूपैयाँभन्दा बढी रहेको हो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने २४ करोड ४५ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । 

दिर्घकालिन कर्जा १ अर्ब १६ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने ८ करोड ७० लाख रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६९ रूपैयाँ रहेको छ । 
 

Image

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले बिक्री गरेको ५० प्रतिशत हकप्रद श...

Image

यस वर्ष कम्पनीको वित्तीय खर्च घटेको र विद्युत विक्री आम्दानी बढेकाले खुद नोक्सानीमा कमि आएको हो । गत...

Image

वित्तीय खर्च भने यस वर्ष घटेको छ । गत वर्ष ३१ करोड ९३ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनी...

Image

यस वर्ष वित्तीय खर्च घटेकाले खुद नोक्सानी कम हुन पुगेको हो । गत वर्ष ५ करोड ८६ लाख रूपैयाँभन्दा बढी ...

Image

मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये तुलनात्मक रुपमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको प्...

Image

देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्र...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४