काठमाडौं । नव नियुक्त मन्त्रीहरूकाे सपथग्रहण केहीबेरमा हुने भएकाे छ । बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।
राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधिनको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविधाजन गरेको जनाएको छ ।
राष्ट्रपति भण्डारीले ओली सरकार गठन भएको २१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन गरेकी हुन् । प्रधानमन्त्री ओलील २०७४ फागुन ३ गते सरकार गठन गरेका थिए ।
नयाँ मन्त्रीहरुको शपथ आज विहान ११ बजे गरिने भएको छ । पुनर्गठनमा केही मन्त्रीलाई हटाइएको छ भने केही नयाँ अनुहार ल्याइएको छ । केहीको मन्त्रालय परिवर्तन गरिएको छ । ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ नयाँ अनुहारले नयाँ मन्त्रिपरिषदमा ठाउँ पाएका छन् ।
नयाँ मन्त्रिपरिषद्को सूची यस्तो छ –
- १ केपी शर्मा ओली-प्रधानमन्त्री
- २ ईश्वर पोखरेल – उपप्रधानमन्त्री रक्षा
- ३ उपेन्द्र यादव- उपप्रधानमन्त्री कानून, न्याय तथा संसदीय मामिला
- ४ रामबहादुर थापा- मन्त्री गृह
- ५ प्रदीपकुमार ज्ञवाली- मन्त्री परराष्ट्र
- ६ हृदयेश त्रिपाठी- मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री
- ७ गिरीराजमणि पोखरेल- मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
- ८ वर्षमान पुन- मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
- ९ घनश्याम भुसाल- मन्त्री कृषि तथा पशुपन्छी विकास
- १० भानुभक्त ढकाल- मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
- ११ लेखराज भट्ट- मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
- १२ योगेशकुमार भट्टराई- मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
- १३ शक्तिबहादुर बस्नेत- मन्त्री वन तथा वातावरण
- १४ रामेश्वर राय यादव- मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
- १५ डा. युवराज खतिवडा- मन्त्री अर्थ
- १६ मोहम्मद इश्तियाक राई- मन्त्री सहरी विकास
- १७ जगतबहादुर सुनार (विश्वकर्मा)- मन्त्री युवा तथा खेलकुद
- १८ गोकुलप्रसाद बाँस्कोटा- मन्त्री सञ्चार तथा सूचना प्रविधि
- १९ पद्माकुमारी अर्याल- मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
- २० बीना मगर- मन्त्री खानेपानी
- २१ वसन्तकुमार नेम्वाङ -मन्त्री भौतिक पूर्वाधार तथा यातायात
- २२ पार्वत गुरुङ- मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
- २३ मोतीलाल दुगड- राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
- २४ नवराज रावत- राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
- २५ रामवीर मानन्धर- राज्यमन्त्री सहरी विकास