शीर्षकहरू

युके पठाइदिन्छु भन्दै पाँच लाख ठगी, एक जना पक्राउ

युके पठाइदिन्छु भन्दै पाँच लाख ठगी, एक जना पक्राउ

काठमाडौं । युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका २ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका ७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

यसैबीच ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका(३१ नयाँबानेश्वर बस्ने २७ वर्षीय धुर्व खरेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । खरेल भएको ठगी सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो ।