शीर्षकहरू

विद्युत विक्री आम्दानी बढेसँगै तेह्रथुम पावरको नोक्सानी यस वर्ष घट्यो

विद्युत विक्री आम्दानी बढेसँगै तेह्रथुम पावरको नोक्सानी यस वर्ष घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तेह्रथुम पावर कम्पनी लिमिटेड १ करोड ९६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नोक्सानी कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी २ करोड ७८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । विद्युत विक्री आम्दानी बढेको र वित्तीय खर्च कम भएसँगै कम्पनीको खुद नोक्सानी कम भएको हो । 

गत वर्ष ९ करोड ६८ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १० करोड २४ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । वित्तीय खर्च पनि गत वर्ष ८ करोड २ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष यो खर्च ७ करोड ७३ लाख रूपैयाँभन्दा बढी भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४० करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम १६ करोड ५६ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ९६ करोड ७१ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्कालिन कर्जा भने १ करोड रूपैयाँ छ । वार्षिक ६ रूपैयाा ५५ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५९ रूपैयाँ रहेको छ ।