टिकटक प्रतिबन्धले वैकल्पिक व्यवसाय चौपट्ट

३ बैशाख २०८१

cover image

नेपाल सरकारले २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकद्वारा छोटो भिडियोसँग सम्बन्धित चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगायो। टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएकाले यस्तो निर्णय गरिएको सरकारले बताएको थियो।

विश्वका केही सीमित देशहरूले पनि यस एपमाथि प्रतिबन्ध लगाएको कारण देखाउँदै सरकारको यस जनभावना विपरीतको निर्णयको बचाउ गर्न खोजिए पनि ती देशहरूले औँल्याएका कारणहरू भने नेपालभन्दा भिन्न रहेका छन्। टिकटकले प्रयोगकर्ताहरूको गोपनीयताको ग्यारेन्टी नगरेका कारण सुरक्षा र सामरिक महत्त्व भएका देशहरूले यस्ता निर्णय गरेका हुन्। यस कारणको तुलनामा नेपाल सरकारले दिएको सामाजिक सद्भाव बिगारेको भन्ने कारणमा कुनै दम छैन।

जनमानसमा लोकप्रिय एपलाई प्रतिबन्ध लगाउनु भनेको अभिव्यक्ति स्वतन्त्रता माथिको हमला हो। यससँगै जनताको जीवनयापन र आयआर्जनको नयाँ स्रोतलाई पनि सरकारले टिकटकसँगै बन्द गरेको छ।

के टिकटकजस्ता नवीन प्रविधि र सिर्जनात्मक सोचले तयार भएका हरेक एपहरू गलत नै हुन् त प्रविधिको विकाससँगै मानिसको जीवनशैलीसोच र करिअर पनि बेग्लै ढङ्गले विकसित हुँदै जान्छ। रेडियोटेलिभिजन र पत्रपत्रिकाको दुनियाँभन्दा अहिलेको इन्टरनेटअनलाइन अनि सामाजिक सञ्जालको दुनियाँ फरक भइसक्यो। नयाँ प्रविधिसँग सारा संसार अभ्यस्त भइसक्दा नेपालका राज्य सञ्चालकहरू भने पुरानै सोच र चिन्तन लिएर हिँड्नु एकदम दुखद कुरा हो।

के टिकटकमा अश्लील र सामाजिक सद्भाव बिगार्ने कुराहरू मात्र हुन्छन् के त्यस प्लेटफर्मले युवापुस्तालाई उनीहरूका करिअरका लागि वैकल्पिक मार्गहरू दिएको थिएन र हरेक सिक्काको दुई पाटा भएझैँ हरेक चिजका सकारात्मक र नकारात्मक दुवै गुणहरू हुन्छन्। विकास भनेको नकारात्मकलाई कम गर्दै अनि सच्याउँदै जाने र सकारात्मकतालाई बढवा दिँदै जाने प्रक्रिया हो। कुनै समय नकारात्मकता फैलाएको आरोपमा अहिलेको एक्स र त्यो समयको ट्विटरले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट हटाएको थियो।

राज्य सहयोगीको भूमिकामा रहने हो भने त गलत गतिविधिलाई सञ्जाल आफैँले पनि नियमन गर्न सक्ने रहेछ भन्ने यो एक गतिलो उदाहरण हो। सामाजिक सद्भाव बिगार्ला जस्तो नलागेमाकुनै डाटा चोरी गर्ला जस्तो नलागेमा वा राष्ट्रको गरिमा र समाजको मर्यादामा आँच नपुर्‍याउने गरी विधिवत् रूपमा दर्ता भएरकरको दायरामा बसेर कार्य गर्छु भनेर आएको खण्डमा टिकटकजस्ता अन्य धेरै एपहरूलाई राज्यले निर्बाध चल्न दिनु पर्दछ।

आजको युवापुस्ता पुरानो तरिकाका दश-पाँचको जागिरभन्दा केही फरक गर्न चाहन्छ। आफूलाई स्वच्छन्द अनि बन्धनमुक्त बनाएर आफूलाई अभिव्यक्त गर्न सकिने विषयमा काम गर्न चाहन्छ। आजको युवा भीडहरूभन्दा पर उभिन चाहन्छ। उसलाई केवल पैसा कमाउनु छैनआफ्नो पहिचान बनाउनु छ। प्रविधिको विकासले आज उच्चकोटीको क्यामरा हात हातमा छभिडियोखिच्नेएडिट गर्ने सीपमा दखल छआफूले सिर्जना गरेका कन्टेन्टलाई लाखौँ हैन करोडौँमा लैजान सकिने सामाजिक सञ्जालमा उसको पहुँच छ। यस्तोमा आफूमा क्षमता भएको कुन युवा पुरानै ढर्राको पत्यारलाग्दो जागिरको पछाडि दौडेला?

आफूलाई पायक पर्ने समय र स्थानको छनोट गरी आफूले चाहेको कुरा अभिव्यक्त गर्दै नाम र दाम दुवै कमाउने बाटो अर्थात् कन्टेन्ट क्रिएशनको युगमा छौँ, हामी। यसमा पनि धेरै टेक डिभाइसहरू नलाग्नेएडिट गर्न पनि सजिलो र केवल एउटा मोबाइल फोन भए पुग्नेडाटा कम लाग्ने छोटो भिडियोहरूको प्लेटफर्म टिकटकले कन्टेन्ट क्रिएशनलाई आम मानिससम्मको पहुँचमा लगिदिएको छ।

यसले गर्दा मानिसमा जिज्ञासु बानीको वृद्धि भएको छ। कसरी आफ्नो कन्टेन्टलाई गुणस्तरीय बनाउन सकिन्छ भन्ने कुराले एडिट गर्नेखिच्ने कुराको ज्ञान आर्जनका खातिर सिकाइको महत्त्व पनि बढ्दै गएको छ। सिक्नेजान्ने र मेहनत गर्ने बानीले पक्कै पनि मानिसहरूलाई सकारात्मक बनाउँदै लैजान्छ।

आज धेरै कन्टेन्ट क्रिएटरहरूले टिकटकको प्लेटफर्ममा आफूलाई ठुला साना ब्रान्डहरूको साझेदार बनाउन सफल भएका छन्। यसमा ठूलो नाम बनाएका इन्फ्लुएन्सर भन्दा साना नामहरू धेरै छन्। ठूला इन्फ्लुएन्सरहरूलाई त टिकटक बन्द हुनु र नहुनुले खासै फरक परेको देखिँदैन। उनीहरूका लागि त युट्युब लगायत अन्य धेरै प्लेटफर्महरू अझै पनि छन्। तर यसको ज्यादा असर ठूलो सङ्ख्याका साना क्रिएटरहरुलाई परेको छ। आफ्नो अध्ययन र दैनन्दिन खर्च धान्दै आएका क्रिएटरहरू जसलाई ठूलो इन्फ्लुएन्सर बन्नु छैन उनीहरूको रोजीरोटी टिकटक प्रतिबन्धले खोसिएको छ।

हामीले लाइभ बसेर उच्छृङ्खल भएकाहरूलाई आधार बनाएर टिकटकलाई नकारात्मक देख्यौँ । तर यसै प्लेटफर्ममा कस्मेटिक उत्पादनहरूको बारेमा कन्टेन्ट बनाउँदै आएकी एकजना सफल क्रिएटरलाई ध्यान दिएनौँ । आफ्नो कन्टेन्ट मार्फत ५/६ ओटा ब्रान्डका उत्पादनहरूको निरन्तर रिभ्यू दिएर आफ्ना दर्शकका लागि भरपर्दो जानकारी दिँदै र आफ्ना लागि महिनामा लाखसम्मको आम्दानी गर्दै आएकी उनको करिअरमा परेको प्रभावको बारेमा सोच्यौँ तके कुनै पार्कमा कोही एक दुईजनाले अश्लील हर्कत गर्दैमा त्यहाँ फ्रेस हुन र व्यायाम गर्न जानेहरूलाई रोक्ने हो?

सौन्दर्य प्रसाधनको बजारीकरणको भाष्य नै टिकटकको लोकप्रियतासँगै अझै सघन र वास्तविक बन्दै आएको छ। हिजोको बेला जस्तो कोही चल्तीका मोडलहरू मार्फत कृत्रिम सुन्दरता देखाएर सौन्दर्य प्रसाधन बेच्नुपर्ने बाध्यता छैन। प्राकृतिक रूपमै सुन्दर छालाअनुहार अनि कपाल हुने क्रिएटरहरू आज वास्तविक ब्युटी आइकन बन्न पुगेका छन्। उनीहरूले साझा गर्ने रियल लाइफ अनुभव र उनीहरूका सौन्दर्य सम्बन्धी सल्लाहसुझाव र टिप्सले धेरैजना लाभान्वित हुन पुगेका छन्। यस मार्फत दर्शकहरूले सही उत्पादनहरूको बारेमा जानकारी प्राप्त गर्दैछन् भने ती क्रिएटरहरूले पनि ब्राण्ड प्रमोसन मार्फत आम्दानी गरिरहेका छन्।

यहाँ मोटरब्लगिंग गर्ने सोखले मानिसहरूले अटोमोबाइलको इन्डोर्समेन्ट गर्ने अवसर पाएका छन्। टेक डिभाइसको रिभ्यू गरेर त्यसैमा आम्दानीको स्रोत भेट्टाएका छन्। लुगा र जुत्ताको बारेमा रिभ्यू गरेर तीसँग सम्बन्धित ब्रान्डहरूबाट कमाउने आधार पाएका छन्। यी त टिकटकका एकदम सामान्य इन्फ़्लुएन्सरहरुका उदाहरण भए । आफूलाई मल्टिपल प्लेटफर्ममा चिनाउन सफल लाखौँ फलोअर भएका टिकटकरहरूको त चर्चा पनि ठूलो स्केलमा र कमाई पनि दशौँ लाखको हाराहारीमा रहेको छ।

के हाम्रो सरकारले राजनीतिक जोड घटाउकुर्सीको खेलकुदमा व्यस्त भएर आर्थिक सम्भावनाको ढोका खुल्दै गरेको नवीन प्रविधिको यस नयाँ दुनियाँलाई नचिनेकै हो टिभी हेरे अनि खेल्न गए भने केटाकेटी बिग्रिन्छन् भन्ने कुनै बेलाको समाज थियो। विश्वजगतलाई चिनाउने टेलिभिजनबाट अघि बढेर अहिले स्मार्टफोन हुँदै अझै एआईको दुनियाँ आइसक्यो भने खेलकुदमा पनि क्रिकेट अनि फुटबलले हाम्रै देशमा समेत व्यावसायिकताको ठूलो फड्को मार्दैछन्। तर हाम्रो प्रगतिशील भन्न रुचाउने सरकार अझै पनि खेल्दाहेर्दाबुझ्दाकेही फरक प्रयास गर्दा सामाजिक सद्भावको कमजोर तर्क अघि सारेर समाजलाई केटाकेटी जसरी बिग्रिन्छ भनेर छोप्न खोज्दैछ।

आज नेपालका लाखौँ युवाहरू देशबाहिर छन्। यो लहर दैनिकजसो बढ्दैछथामिने सुरसार छैन। ती तमाम युवाहरू अवसर नपाएर मात्र बिदेसिएका छैनन्। केही त यहि देशमा केही नयाँ गर्ने चाहना हुँदाहुँदै पनि आफ्नो चाहना अनुसारको राज्यको नीति नहुनाले आफूलाई अन्वेषण गर्नकै खातिर पनि बिदेसिँदै छन्।

यो केवल टिकटकको मात्र कुरा हैन। टिकटक त केवल एउटा प्रतिनिधि उदाहरण हो। सारमा भन्ने हो भने युवामैत्री राज्यप्रविधि सुहाउँदो नीति तथा देशकाल र युवाका भावनासँग एकाकार हुने राज्य सञ्चालक नभएसम्म युवामा व्याप्त पलायन र नैराश्यता हटाउन सकिँदैन। यदि साँच्चै यो देशमा केही सकारात्मक हुन्छ है भन्ने सन्देश दिन चाहने हो भने सरकारले अविलम्ब टिकटकप्रतिको प्रतिबन्ध हटाएर युवामा ऊर्जा सञ्चार गर्न सक्नु पर्दछ। बरु यसलाई नीति नियमले बाँध्ने कुरामा कसैको आपत्ति नहोला।

 

 

Image

नीति वातावरण र सहुलियतको घोषणाका बाबजुद उद्योग व्यवसायमा खासै लगानी भएको छैन । बाह्य मात्र होइन, आन्...

Image

विगतका लगानी सम्मेलनमा भएका उपलब्धिहरुलाई अझ सुदृढ गर्दै त्यसको पतिफललाई अझ बढी प्रभावकारी कार्यान्व...

Image

दूरसञ्चार प्रदायक एउटा कम्पनीमा पूर्व राष्ट्रपतिका नातेदारलाई जागिर खुवाउनु परेको लाचार स्थिति मुनाफ...

Image

विविध परिस्थितिमा आयोजना भएको यस लगानी सम्मेलनले विगतमा सँगालिएका अनुभवका आधारमा सच्याउनुपर्ने विषय ...

Image

हामीले लगानीका कारण बढेको उत्पादनलाई निर्यात गर्ने वातावरण बन्छ । हामी दिगो विकासको दिशामा अघि बढ्न ...

Image

किनकि सुन बेचेको पैसा व्यापारीहरुले बैंकमा राख्दैनन् । सुन धितो राखेर वा बेचेर कमाएको पैसा व्यापारीह...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४