स्वास्थ्य मन्त्रालयले भन्यो– स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नू

७ बैशाख २०८१

cover image

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो । 

सूचनामा भनिएको छ, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको छ । यस्ता सूचना/विज्ञापनमा कुनै सत्यता नभएकाले यस प्रकारका सूचनारविज्ञापनमा नहेर्नुहुनसमेत सम्पूर्ण सर्वसाधारणमा अनुरोध छ ।”

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सामाजिक सञ्जालमा आएका गलत तथा भ्रामक सूचना तथा विज्ञापन प्रसारण गर्नेलाई विद्यमान कानुनअनुसार सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइ सकिएको जानकारी गराए । उनले सर्वसाधारणलाई पनि भ्रामक सामग्रीको प्रयोग नगरी जानकारीका लागि आधिकारिक निकायमा सम्पर्क गर्न अनुरोध गरे ।    

Image

निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट ९ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीम...

Image

हकप्रद पछि पनि कम्पनीलाई थप १९ करोड ८० लाख ६२ हजार पूँजी आवश्यक हुन्छ । चालू आर्थिक वर्षको मुनाफबाट ...

Image

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । सभाबाट पारि...

Image

प्रतिशेयर २८० रूपैयाँ तोकिएको यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी म...

Image

कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिम...

Image

५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले २३ दशमलव ८० प्रतिशत बोनस शेयर र २७ प्रतिशत हकप्...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४