शीर्षकहरू

सूर्य नेपालको ‘टड्का इम्ली’ नपाली बजारमा, कति पर्छ मूल्य ?

सूर्य नेपालको ‘टड्का इम्ली’ नपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालको व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टफिचु अन्तर्गत नयाँ टफी ‘टड्का इम्ली’ बजारमा ल्याएको छ । ‘टेस्टको नयाँ ब्लाष्ट’  नारासहित ‘टड्का इम्ली’ बजारमा सार्वजनिक गरिएको हो । 

‘टड्का इम्ली’मा इम्लीको स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ । टफिचु ‘टड्का इम्ली’को बिक्री मूल्य रु. ५ प्रति २ गोटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । 

टफिच टड्का आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ र इम्लीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टफिचु ‘टड्का इम्ली’ नेपालभरिका रिटेल पसलहरूमा उपलब्ध छन् ।