शीर्षकहरू

'सरकारी सहुलियतबाट किसानहरु बञ्चित छन्'

'सरकारी सहुलियतबाट किसानहरु बञ्चित छन्'

काठमाडौं । लघु, घरेलु, साना तथा महिला उद्यमीहरुले सरकारी सहुलियतबाट किसानहरु बञ्चित भएको बताएका छन् । बुधबारदेखि सुरु हुने १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवअन्तर्गत पाँचौं राष्ट्रिय महमेला २०८१ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्यमीहरुले सरकारले सुविधा र सहुलियतको घोषणा गरेता पनि पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र अल्मलिएको र सुविधाबाट किसानहरु बञ्चित हुन बाध्य भएको बताए ।

विज्ञप्तिमा भनिएको छ, 'नेपालमा व्यावसायिक मह उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना छ । सरकारले सुविधा र
सहुलियतको घोषणा पनि गरेको छ। तर, सरकारले पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र नै अल्मलिएको छ । सुविधाको बारेमा किसानहरु बन्चित हुन बाध्य छन् ।'

उद्यमीहरुले आयातित महको भन्सार बढाएर स्वदेशी महलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । भारतबाट सिरप मह ल्याएर मह भनी बिक्री वितरण भइरहेको तर सरोकारवाला निकायले त्यसलाई नरोकेको आरोप उद्यमीको छ ।

'नेपालमा व्यावसायिक मह उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना छ । सरकारले सुविधा र सहुलियतको घोषणा पनि गरेको छ। तर, सरकारले पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र नै अल्मलिएको छ । सुविधाको बारेमा किसानहरु बन्चित हुन बाध्य छन्,' मौरीपालक उद्यमीहरुले भनेका छन्, 'आयातित महको भन्सारलाई बढाएर स्वदेशी महलाई प्राथमिकता दिनुपर्यो । भारतबाट सिरप मह ल्याएर मह भनेर बिक्री गर्न पाइदैन । जुन प्रयोजनको हो त्यही भन्नुपर्यो । मौरी नीति स्पष्ट भएर कार्यान्वयनमा आउनुपयो । महको गुणस्तर नाप्ने ल्याब टेष्ट गर्ने मेसिन सबै प्रदेशमा व्यवस्था गर्नुपर्यो । जमेको मह नक्कली होइन भन्ने विश्वासको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता छ । महको बजारीकरणको लागि सरकारले उपयुक्त कार्यक्रम ल्याउनुपर्यो ।'

मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई सर्वसाधारणसम्म सूचना प्रवाह गर्न बुधबारदेखि पाँचौँ महमेला आयोजना हुन लागेको हो । मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न रहेका छन् । मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास निर्देशनालयको संयुक्त आयोजनामा 'खोजौं नेपाली, रोजौं नेपाली' र 'नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं' नाराका साथ महमेला आयोजना हुन लागेको हो ।

महमेलामा विविध अर्गानिक मह छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने बताइएको छ ।