शीर्षकहरू

समस्याग्रस्त सहकारीमा नयाँ अध्यक्ष नियुक्त, २८ गते बजेट अधिवेशन आह्वान गर्ने प्रस्ताव

समस्याग्रस्त सहकारीमा नयाँ अध्यक्ष नियुक्त, २८ गते बजेट अधिवेशन आह्वान गर्ने प्रस्ताव

काठमाडौं ।  समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमण कुमार गौतम नियुक्त भएका छन् । विहीबर बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई अध्यक्षम नियुक्त गर्ने निर्णय गरेको हो । 

त्यस्तै, वैशाख २८ गते शुक्रवारका दिन अपरान्ह २।०० बजेट संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गरेको सूचना तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै , जापानी परराष्ट्र मन्त्री H.E. Ms. KAMIKAWA Yoko को २०८१ वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा हुने द्धिपक्षीय वार्ताको लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी वार्ता गर्ने अख्तियारी दिने गरेको छ । भने उक्त द्धिपक्षीय वार्ताका लागि कार्यसूचि स्वीकृत समेत गरेको  छ ।