सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी चैतमा उल्लेख्य बढ्यो

१२ बैशाख २०८१

cover image

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी फागुनको तुलनामा चैतमा बढेको छ । फागुन मसान्तसम्म २ करोड ७६ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना चैत मसान्तसम्म ७ करोड ९० लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो ।

चैतमा योजनाको जम्मा आम्दानी ५ करोड ९२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । खर्च रकम पनि चैतमा बढेको छ । फागुन मसान्तसम्म १ करोड ७७ लाख रूपैयाँभन्दा बढी खर्च गरेको योजनाले चैतमा १ करोड ९७ लाख रूपैयाँभन्दा बढी खर्च गरेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य चैत मसान्तसम्म ९ रूपैइाा ५१ पैसा रहेको छ । यो मूल्य फागुन मसान्तसम्म ९ रूपैयाँ ८५ पैसा रहेको थियो । फागुनको तुलनामा चैतमा योजनाको प्रति इकाई खुद मूल्य घटेको हो ।

योजनाले धितोपत्रमा र बैंक मुद्दति निक्षेपमा गरेको लगानीको बजारमूल्य १ अर्ब २९ करोड ३१ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले चैत मसान्तसम्म धितोपत्र र बैंक मुद्दति निक्षेपमा गरेको लगानीको परलमूल्य धितोपत्र कमिसन सहित १ अर्ब ५४ करोड १० लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाको धितोपत्र र बैंक मुद्दति निक्षेपमा गरेको लगानीको बजारमूल्य परलमूल्यभन्दा बढी भएको छ । बैंक मुद्दति निक्षेपमा योजनाले ४ करोड रूपैयाँ लगानी गरेको छ ।
 

Image

यस दिन कारोबार पनि सुस्त देखिएको छ ।

Image

ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क ड...

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बोटलर्स नेपाल तराइ लिमिटेडको शेय...

Image

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बो...

Image

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोल्ती पावर कम्पनी, साधना लघुवित्त ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४