सानिमा जिआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

२ चैत्र २०८०

cover image

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था बमोजिम यस कम्पनीले हकप्रद मार्फत पूँजी बढाउन लागेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ५० करोड रूपैयाँ बराबरको हकप्रद शेयर विक्री गर्ने प्रस्ताव कम्पनीले गरेको हो । हकप्रद निष्कासन लगाएत अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत २९ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । 

चैत १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले हकप्रद निष्कासनको प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृत गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । 

यस वर्ष लाभांश प्रस्ताव भने कम्पनीले गरेको छैन् । उल्लेखित प्रस्तावहरूसँगै सञ्चालक समिति र उपसमितिको बैठक भक्ता तथा अन्य सुविधा अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी समेत सभामार्फत सञ्चालक समितिलाई दिइनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

Image

यस दिन कारोबार पनि सुस्त देखिएको छ ।

Image

ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क ड...

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बोटलर्स नेपाल तराइ लिमिटेडको शेय...

Image

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बो...

Image

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोल्ती पावर कम्पनी, साधना लघुवित्त ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४