शीर्षकहरू

रोहितको रोमाञ्चक व्याटिंगले विस्ट विन्डिजलाई होम ग्राउण्डमा हरायो

रोहितको रोमाञ्चक व्याटिंगले विस्ट विन्डिजलाई होम ग्राउण्डमा हरायो

 काठमाडौं । नेपाली क्रिकेटका कप्तान रोहित पौडेल रोमाञ्चक व्याटिंगले नेपालले विस्टविन्डिजलाई हराएको छ । रोहितले सतक बनाएपछि  पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको हो ।

२ सय ५ रनको पाएकोे नेपालले १९.४ ओभरमा ४  विकेट बाँकी छदै गर्यो । रोहित पौडेल १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । 

काठमाडौंको कीर्तिपुर क्रिकेट खेल मैदानमा भएको खेलमा दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए । खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जित दिलाए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।