प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपिल

६ बैशाख २०८१

cover image

एजेन्सी । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले बुधबार प्यालेस्टिनी क्षेत्रका लागि २.८२२ अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको छ । उक्त रकम यस वर्षको अन्त्यसम्ममा पूर्वी जेरुसेलमसहित गाजा र वेस्ट ब्याङ्कका ३.१  मिलियन मानिसहरूलाई सहायता गर्न प्रयोग गरिने युएनओसिएचएले जनाएको छ ।

कार्यालयले उक्त प्रक्रियाका लागि, सञ्चालित अवस्थाहरूमा ठूला परिवर्तनहरू हेर्न आवश्यक रहेको जनाएको छ ।  मानवीय संस्थाहरूले गाजा पट्टी र वेस्ट ब्याङ्कका पीडितहरुलाई  आवश्यक  सुरक्षित र दिगो पहुँच हुनुपर्ने पनि जनाएको छ ।  

कार्यालयले भनेको छ, “गाजामा थप प्रवेश र आपूर्ति मार्गहरू चाहिन्छ, अशदोद बन्दरगाहको प्रयोग पनि चाहिन्छ । उनीहरूलाई गाजाभित्र  आवागमनमा अवरोध नियन्त्रण र सहायताका  लागि भिसा र अनुमतिहरू, समयमै  प्रदान गरी मानवीय वस्तुहरू ल्याउन सक्षम हुन आवश्यक छ ।’’

गत वर्ष अक्टोबर सातमा दक्षिणी इजरायलमा हमासले गरेको घातक आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गर्दा एक हजार दुई सय मानिस मारिए भने दुई सय  भन्दा बढीलाई बन्धक बनाइएको थियो । इजरायली आक्रमणले अहिलेसम्म ३३ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने ७६ हजार भन्दा बढी घाइते भएका छन् ।   
 

Image

नगद अभावमा परेको बजेट एयरलाइन गो फर्स्ट गत वर्ष मे ३ देखि बन्द छ र स्वैच्छिक दिवालियापन प्रक्रियाबाट...

Image

सोमबारदेखि सुरू भएको दुई दिने उक्त सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका १५ देश र सार्वजनिक तथा निजी क्...

Image

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउछ । जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त र...

Image

आदि र नादिरको गोदरेज इन्डस्ट्रीजको स्वामित्वमा पाँच सूचिकृत कम्पनी छन्। जमशेद र स्मिताले गैरसूचीबद्ध...

Image

बेलायती उच्च अदालतमा पेश गरिएका कागजातहरूमा कम्पनीले आफ्नो कोरोना भ्याक्सिनले थ्रोम्बोसिस थ्रोम्बोसा...

Image

राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस) ले कारखाना उत्पादनको प्रमुख मापन पर्चेजिङ मेनेजर्स इन्डेक्स (पिएमआ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४