प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षबीच लगानी सम्मेलनबारे छलफल

१४ बैशाख २०८१

cover image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

सो अवसरमा प्रधानमन्त्री दाहालले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताए । उनले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी पनि दिए । 

“सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ”, प्रधानमन्त्री दाहालले भने, “यो नेपालमा लगानीको उपयुक्त अवसर हो ।” 

भेटमा एडिबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडिबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने बताए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा एवं एडिबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।     

Image

त्यस्तै,अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप...

Image

वीर अस्पतालमा पुगेका छन। बुधबार बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्री दन्त परीक्षणका ला...

Image

“यसका लागि महिला र युवालाई सहुलियत कर प्रदान गर्ने, बिक्री कक्ष स्थापना गर्ने, स्वदेशी वस्तु बिक्री ...

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आए...

Image

सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्...

Image

रास्वपा सभापति रवि लामिछानले महान्यायाधीवक्ताको कार्यालयले नै आफूविरुद्ध केही नभएको बताइसकेकाले समित...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४