प्रभु केवलकार एण्ड टुरिजमले प्रिमियममा आईपीओ जारी गर्ने

५ बैशाख २०८१

cover image

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक आवश्यक भएकाले योग्य विक्री प्रबन्धक कम्पनीहरूमा शिलबन्दी बोलपत्र माग गरेको छ । 

वैशाख ४ गते सूचना जारी गर्दै कम्पनीले ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आर्थिक वर्ष ०७९/८० को कर चुक्ता भएको कम्पनी हुनुपर्ने शर्त कम्पनीले राखेको छ । कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने बताएको छ । यो आईपीओको प्रत्याभूतिकर्ता जुटाउन सहजिकरण गरिदिने प्रतिबद्धता सो सो कार्य गरे वापत् लिने आवश्यक सेवाशुल्क निर्धारण गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस कम्पनीको मुख्य लगानीकर्ता प्रभु स्टील्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड, प्रभु उर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र प्रभु जलविद्युत विकास लिमिटेडका कर्मचारीहरूलाई छुट्याइएको १० प्रतिशत शेयर हो । यस कम्पनीको कर्मचारीहरूले प्रचलित कानून बमोजिम लिन पाउने शेयरको लागि आवश्यक वित्त व्यवस्थापन समेत विक्री प्रबन्धकले गर्नुपर्ने शर्त कम्पनीको छ । 

यस कम्पनीले सिन्धुलीमा सिद्धबाबा केवलकार, लुम्बिनीमा सिद्धार्थ केवलकार र रामेछापमा खाँडादेखि केवलकार निर्माण गरिरहेको छ ।
 

Image

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्र...

Image

कम्पनीको ११ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२९ ...

Image

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले ह...

Image

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्...

Image

सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समित...

Image

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । पोखरा फाइनान्स कम्पनीको शेयरमूल्य १...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४