‘फाइभ जी’ स्वास्थ्यका लागि गम्भीर खतरा हुने १० वटा अध्ययनको निष्कर्ष

४ बैशाख २०८१

cover image

काठमाडौँ । सन् २०२२ देखी २०२४ सम्म प्रकाशित धेरै अनुसन्धानात्मक अध्ययन रिपोर्टहरूले सूचना प्रविधि इन्टरनेटको क्षेत्रमा भएको नयाँ आविष्कार ‘फाइभ जी’ मानव स्वास्थ्यको लागि ठूलो खतरा भएको औँल्याएका छन् । यी अनुसन्धान रिपोर्टहरूले फाइभ जीबाट निस्कने विकिरण यसबारेको अन्तर्राष्ट्रिय निर्देशिका ‘इन्टरनेशनल कमिसन अन नन-आयोनजींग रेडिएसन प्रोटेक्सन गाइडलाइन’ले गरेका व्यवस्था विपरीत रहेको देखाएका छन् ।

अध्ययनहरूले खुलासा गरे अनुसार फाइभ जी ले स्नायु प्रणालीमा नै असर गर्ने देखिएको हो । जसको परिणामस्वरूप मानसिक स्वास्थ्य समेत बिग्रने हुनसक्छ । त्यस बाहेक मानिसको मस्तिष्कको विकाशमा समेत यसले बाधा पुर्‍याउने देखिएको छ । यसरी मानिसको मस्तिष्कमा असर पर्दा डीमेन्सिया हुने रिपोर्टमा उल्लेख छ ।

डिसेम्बर २०२३ मा गरिएको एक अध्ययनमा फाइभ जी ले मानिसको प्रजनन क्षमता समेत नष्ट गर्ने देखिएको छ। भाले मुसामा गरिएको एक परीक्षणमा शुक्रकीटको सङ्ख्या घटेको र त्यसको गुणस्तर समेत नराम्ररी खस्किएको पाइएको हो ।

दुई महिना अघि फेब्रवरीमा गरिएको अर्को अध्ययनमा पनि फाइभ जीका तरङ्गहरूले शरीरको मेटाबोलिजममा असर गर्ने र रोग प्रतिरक्षात्मक क्षमता समेत कम हुने देखिएको छ । ताररहित विधिबाट हुने कुनै पनि सञ्चारका लागि उत्पन्न गराइएका तरङ्ग र त्यसका विकिरणहरू मानव स्वास्थ्यका लागि हानिकारक हुने चर्चा निकै अघि देखी भए पनि त्यसबारे खासै ध्यान नदिँदा अहिले त्यसका गम्भीर असरहरू धेरै तिर देखिइसकेका छन् ।

यस्तो अवस्था बारे चिन्ता गर्दै सन् २०१७ यता ४ सय भन्दा बढी वैज्ञानिकहरूले युरोपियन युनियनमा ६ वटा अपिल समेत दर्ता गराएका छन् । तर, ती सबै सम्बन्धित अधिकारीहरूको बेवास्तामा परेको बताइन्छ ।

Image

यसैगरी डाटा प्याकेज अन्तर्गत  १११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा,  १९९ रुपैयाँमा ७ दिन चलाउ...

Image

डाटा सेक्युरिटी लीक र अन्य कारणले गर्दा टेस्लाका कारहरूलाई देशको सैन्य अड्डा र सरकारी भवनहरूमा प्रवे...

Image

कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यह...

Image

टेस्ला अटोपायलट टोलीका सदस्य धवल श्राफले जटिल ड्राइभिङ परिस्थितिहरूमा वास्तविक मानव चालकहरूले कसरी क...

Image

त्यस्तै आइभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा ...

Image

यसरी निरन्तर रूपमा सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा कम्पनीले विसं २०८० भदौ महिना...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४