नेशनल हाइड्रोले विद्युत बिक्रीबाट २ करोड ९१ लाख कमायो

१४ बैशाख २०८१

cover image

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षका तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट २ करोड ९१ लाख ६३ हजार रूपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो आम्दानी २ करोड ९१ लाख ४१ हजार रूपैयाँ रहेको थियो । 

यस वर्ष विद्युत विक्री आम्दानी न्यून बढेपनि कम्पनीको प्रत्येक्ष खर्च र वित्तीय खर्च कम हुँदा नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष १ करोड ९१ लाख रूपैयाँभन्दा बढी भएको प्रत्येक्ष खर्च यस वर्ष १ करोड १७ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । जसको कारण गत वर्ष १६ लाख ३३ हजार रूपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ८२ लाख ४४ हजार रूपैयाँ भएको छ । 

वित्तीय खर्च गत वर्ष १ करोड १२ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष ७२ लाख ३४ हजार रूपैयाँ मात्र भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको दिर्घकालिन कर्जा ३५ करोड २६ लाख रूपैयाँभन्दा बढी र अल्पकालिन कर्जा ४ करोड ५१ लाख रूपैयाँभन्दा बढी छ । 

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड ७१ लाख रूपैयाँभन्दा बढी छ भने शेयर प्रिमियमा १ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ । वार्षिक ३७ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०१ रूपैयाँ ३३ पैसा छ । 
 

Image

राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधिसभामा पठाइन्छ । प्रतिनिधिसभाले प्रक्रिया पूरा गरेर पुनः राष्ट्र...

Image

सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा आएको छ । सरकार, सार्वजनिक संस्थ...

Image

“कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ, नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत ...

Image

उनले अघिल्लो आ.व. २०७९/०८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले क्रणात्मक हुँदा निर्यात...

Image

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरै जसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन...

Image

मेला प्रवेशका लागि टिकट लाग्नेछ । साधारण व्यक्तिला टिकट शुल्क ५० रुपैयाँ र  विद्यार्थीहरूलाई ३० रुपै...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४