शीर्षकहरू

नेपालले वेष्ट इन्डिजलाई ६ विकेटले जित्यो

नेपालले वेष्ट इन्डिजलाई ६ विकेटले जित्यो

काठमाडौं । वेष्ट इन्डिज ए विरुद्ध सिरिजको अन्तिम टी–२० खेलमा नेपालले६ विकेटले जितेको छ । शनिबार कीर्तिपुरमा आयोजना भएको खेलमा १७३ रनको लक्ष्य पाएको नेपाल ४ विकेट गुमाउदै लक्ष्य भेटेको हो । 

५ खेलको सिरिजमा वेष्टइण्डिजले ३ र नेपालले २ खेल जित्न सफल भए । १७३ रनको लक्ष्य नेपालले १८।५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै अन्तिममा जिताएका थिए ।