शीर्षकहरू

मुम्बई एयरपोर्टबाट चाउचाउको प्याकेटमा लुकाइएको हिरा र  सुन बरामद

मुम्बई एयरपोर्टबाट चाउचाउको प्याकेटमा लुकाइएको हिरा र  सुन बरामद

एजेन्सी । भातरको मुम्बई एयरपोर्ट भन्सारमा चाउचाउको प्याकेटमा लुकाइएको हिरा र  सुन बरामद गरेको छ । बरामद सामानको कुल मूल्य  ६ करोड ४६ लाख रुपैयाँ भारु बराबर रहेको बताइएको छ ।४.४४ करोडको ६ दशमलव ८ केजीभन्दा बढी सुन र २.०२ करोडको हीरा बरामद भएको छ । उक्त घटनामा चार यात्रुलाई पक्राउ गरिएको विभागले सोमबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि यात्रुलाई पनि पक्राउ गरिएको थियो । त्यस्तै कोलम्बोबाट मुम्बई जाने विदेशी नागरिकलाई पनि रोकिएको भन्सार विभागका अधिकारीले बताए । उनले आफ्नो भित्री कपडा भित्र सुनको ईट्टा लुकाएर राखेका थिए। यो सुनको ईट्टाको कुल वजन ३२१ ग्राम थियो।

साथै दुबई र अबुधाबीबाट दुई–दुई तथा बहराइन, दोहा, रियाद, मस्कट, बैंकक र सिङ्गापुरबाट एक–एक जना भारतीय नागरिकलाई पनि ६.१९९ किलो सुनसहित पक्राउ गरिएको थियो । तीमध्ये तीन जना पक्राउ परेका छन् ।