कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतका पालिका

६ बैशाख २०८१

cover image

पर्वत । कृषिलाई व्यावसायिक बनाउन तथा दक्ष कृषि जनशक्ति उत्पादनमा प्रेरित गर्ने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले माध्यमिक तहका विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् । जिल्लाको मोदी गाउँपालिका र पैंयु गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम थालेका हुन् । 

विद्यालयमा पढाइ हुनेभन्दा अतिरिक्त समयमा करेसाबारीमा तरकारी, फलफूललगायत मौसमअनुसारका अन्न उत्पादनतर्फ आकर्षित गराउन मोदी गाउँपालिकाले ‘सिक्दै कमाउँदै, पढ्दै रमाउँदै’ कार्यक्रम सञ्चालन गरेको छभने पैंयु गाउँपालिकाले ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरेको छ । 

चालु आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रममा दुवै गाउँपालिकाले दुईवटा विद्यालय छनोट गरेर विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका हुन् । मोदी गाउँपालिकाले उक्त कार्यक्रमका लाग चालु आवमा रु दुई लाख विनियोजन गरेको छ ।

उक्त कार्यक्रममा छनोट भएका विद्यालयले २० प्रतिशत लागत साझेदारी गर्नुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिनुभयो । यो कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा बाली लगाउन सिक्ने र बाबुआमालाई कृषि कर्ममा सघाउने विश्वास व्यक्त गरे । उनीहरूले लगाएको तरकारी, फलफूलबाट हुने आम्दानी विद्यार्थीलाई नै दिइने भएकाले पढाइ खर्चमा टेवा पुग्ने उनले बताए । 

पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालका अनुसार ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रमअन्तर्गत गाउँपालिका–७ भोर्लेमा रहेको जनता माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालयमा गाउँपालिकाको रु एक लाख ५० हजार लगानीमा यो कार्यक्रम थालिएको हो । यस कार्यक्रममा सम्बन्धित विद्यालयले कूल रकमको २५ प्रतिशत बेहोर्नुपर्ने गाउँपालिकाको प्रावधान छ ।  

विद्यार्थीले बिहान, दिउँसो, साँझ पढाइको अतिरिक्त समयलाई व्यवस्थापन गरेर करेसाबारीमा काम गराइने गाउँपालिकाका कृषि शाखा प्रमुख शारदा शर्माले बताए ।   

Image

“नेपालको संविधानको धारा २४ (छुवाछूतविरुद्धको हक), २९ (शोषणविरुद्धको हक) र ४० (दलित हक) विपरित अहिले ...

Image

नेपालमाको कृषि क्षेत्रको जीडीपीमा २४.०९ प्रतिशत योगदान रहेको छ । त्यस्तै, उत्पादनमूलक उद्योगको ४.८७ ...

Image

मन्त्री श्रेष्ठले आफ्नो हालैको चीन भ्रमणको क्रममा चिनियाँ नेताहरू सँग नेपाल चीन व्यापार र साझेदारीका...

Image

स्थानीय विपीन भट्टराईले भने, “जुनारको बोटमा ट्याग लगाएर नम्बरिङ गरेपछि आफ्नो बगैँचामा कति बोट जुनार ...

Image

काठमाडौं । गएको शनिवार अर्थात् वैशाख १५ गते नेपालमा चिया दिवस मनाइयो ।...

Image

केजी ४५ रुपैयाँ रहेको छ । त्यस्तै, गोलभेडा ठूलो(भारतीय) केजी ६५ रुपैयाँ, गोलभेडा सानो(लोकल) केजी ३५ ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४