शीर्षकहरू

कृषि अनुदानमा नयाँ कार्यविधि: कुन फलफूल लगाउँदा कति पाइन्छ अनुदान ?

कृषि अनुदानमा नयाँ कार्यविधि: कुन फलफूल लगाउँदा कति पाइन्छ अनुदान ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान व्यवस्थापन कार्यविधि स्वीकृत गरेका छन् । मन्त्रालयले कृषक समूह, सहकारी तथा कृषि उद्यमीहरूका लागि अनुदान व्यवस्थापन कार्यविधि २०८१ केही दिनअघि स्वीकृत गरेको हो ।  

सोही कार्यविधि अनुसार लक्षित फलफूल बालीको बगैँचा स्थापनाका लागि प्रवाह हुने अनुदान सम्बन्धी व्यवस्थाबारे यहाँ हामीले उल्लेख गरेका छन् । कूल बाली तथा अनुदानयोग्य कूल लागतको अधिकतम सीमाभित्र रही अनुदान प्रदान गरिनेछ । 

फलफूल बगैँचा स्थापनाका लागि आयोजनाले अनुदान प्रदान गर्ने क्रियाकलापहरू तथा अनुदानयोग्य कूल लागतको अधिकतम सीमा रहेको छ । सरकारले फलफूलहरूका लागि अनुदान पाउने मापदण्ड तोकेको हो ।   

कुन फलफूल लगाउँदा कति पाइन्छ अनुदान ?  

स्याउ (उच्च घनत्व बाहेक) (५.५ मी) दुरी कायम गरेर ४५० वटा बिरुवा लगाउने हो भने सिँचाइ सहितको बगैँचा स्थापना गर्दा ६ लाख २३ हजार ७ सय ५० रुपैयाँ अनुदान पाइनेछ । सुन्तला (५.५ मी) कायम राखेर ४५० वटा बिरुवा लगाउँदा ६ लाख १ हजार २ सय ५० रुपैयाँ अनुदान पाइनेछ । 

त्यस्तै, ४५० वटा जुनारका बिरुवा लगाउन सरकारले सिचाइसहितको बगैँचा स्थापना गर्दा ६ लाख १ हजार २ सय ५० रुपैयाँ अनुदान दिन्छ । किवी (६.४ मी) (जि आई पाइपको पोल राखेको ट्रेलिज) दुरी कायम राखेर ४५० वटा बिरुवा सहित  लगाउने हो भने १४ लाख ५८ हजार ७ सय ५० रुपैयाँ को अनुदान पाइन्छ । 

किवी (६.४ मी) (जि आई पाइपको पोल राखेको ट्रेलिज) दुरी कायम राखेर ४५० वटा बिरुवा लगाउँदा २० लाख ५८ हजार ७ सय ५० रुपैयाँ अनुदान पाइन्छ । एभोकाडो (६.६ मी) को दुरी कायम राखेर ३०० वटा बिरुवा लगाउँदा ६ लाख ६५ हजार रुपैयाँ र कागती (५.५ मी) को दुरी कायम राखेर ४५० वटा बिरुवा लगाउने हो भने ६ लाख १ हजार २ सय ५० रुपैयाँ अनुदान पाइन्छ । 

त्यसैगरि, ओखर (८.८ मी) को दुरी कायम राखेर २०० बिरुवा लगाउँदा ५ लाख ६५ हजार रुपैयाँ, अलमोण्डका ३०० वटा बिरुवा लगाउँदा ६ लाख ६५ हजार रुपैयाँ, पिकानटका २०० बिरुवा लगाउँदा ५ लाख ६५ हजार रुपैयाँ, मेकाडेमियानटका ३०० बिरुवा लगाउँदा ६ लाख ६५ हजार रुपैयाँ र स्याउका ३३०० वटा बिरुवा लगाउने हो भने ५३ लाख १० हजार रुपैयाँ अनुदान पाइने मन्त्रालयले बनाएको नयाँ कार्यविधिमा उल्लेख छ ।  

अनुदानका लागि आवेदकले न्यूनतम क्षेत्रफल १ हेक्टर र अधिकतम २५ हेक्टर क्लस्टरमा लक्षित फलफूल बालीहरूको बगैँचा स्थापना गर्न आवेदन पेश गर्न सक्नेछन् । आवेदन पेश गर्दा तोकिएको क्षेत्रफलमा एक आवेदकले प्रति लक्षित फलफूल बालीको न्यूनतम १ हेक्टर फलफूल बगैँचा स्थापना हुने गरी कूल प्रस्ताविक क्षेत्रफलमा सम्बन्धी स्थानीय तहमा आयोजनाले तोकेको फलफूल बालीहरूमा मात्र कार्यक्रम सञ्चालन गर्नेगरि आवेदन पेश गर्नुपर्नेछ । 

यदि आवेदकले सामूहिकरुपमा आवेदन पेश गर्न चाहेको खण्डमा प्रति घरधुरी कम्तीमा ४ रोपनी क्षेत्रफलमा बगैँचा स्थापना हुनेगरि समग्रमा कम्तीमा प्रति लक्षित फलफूल बालीको १ हेक्टर क्लस्टरमा बगैँचा स्थापना गर्नेगरि आवेदन पेश गर्नुपर्नेछ । स्थापना हुने फलफूल बगैँचाको क्लस्टर सार्वजनिक बाटो, खोला खोल्सी, कुलो पैनी, विद्यालय, सार्वजनिक भवन, मठ मन्दिर, निजी घर आदीले खण्डीकृत गरेको अवस्थामा समेत क्लस्टर मानिनेछ । तर, एक क्लस्टरमा तीन भन्दा बढी चुक्ता हुन सक्नेछैनन् ।   

यस कार्यक्रमका लागि आवेदन पेश गर्दा आवेदक वा आवेदनमा संलग्न कृषकसँग आफ्नो स्वामित्वको जग्गा नभएमा कार्यक्रममा आवद्ध हुन कम्तीमा १५ वर्षको लागि जग्गा भाडा वा करारमा लिएको हुनुपर्नेछ । कृषक समूह तथा सहकारीहरूले स्थापना गरेका फलफूल बगैँचाहरूमा रोपिएका बिरुवाहरूको उचित हेरचाह तथा व्यवस्थापन गरी हुर्काएबापत बगैँचा स्थापना कार्य सम्पन्न भएको एक वर्ष पश्चात प्रोत्साहन स्वरूप लगातार दुई वर्षसम्म प्रति वर्ष प्रति हुर्किएको बिरुवाहरूका लागि पैसठ्ठी रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ ।  

विस्तृतमा हेरौँ, नयाँ कार्यविधि