करिब ८ महिनादेखि समाज लघुवित्तको बोनस शेयर बन्धक

२७ चैत्र २०८०

cover image

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर करिब ८ महिनादेखि बन्धक बनेको छ । कम्पनीले गत साउन ३१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभामार्फत कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट २ करोड रूपैयाँ चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर हालसम्म पनि कम्पनीले कारोबारयोग्य बनाउन नसकेको हो । कम्पनीले यसै महिनाभित्र बोनस शेयर सूचीकृत गराउने जानकारी दिएको छ ।

यो कम्पनीको आईपीओ खरीदकर्तालेनै आफ्नो शेयर कारोबारका लागि करिब तीन वर्ष कुर्नुपरेको थियो । यस कम्पनीले २०७७ भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो । आईपीओ बाँडफाँटपछि कम्पनीले २०७७ असोज ८ गते धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराए पनि स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्झौताका कारण सोही दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । 

मर्जर प्रक्रिया टुङ्गोमा पुग्न नसकेको स्वस्तिक र समाज लघुवित्तले २०७७ असोज ५ गते प्रारम्भिक सम्झौता गरेका थिए । मर्जर सम्झौता भाडिएपछि करिब तीन वर्षपछि २०८० साल असार ३१ गतेदेखि लागू हुने गरी आधारभूत शेयरधनी वाहेकका शेयरधनीहरूको शेयर कारोबार फुकुवा गरिएको हो । २०८० साल साउन १ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीका आईपीओ खरीदकर्ताहरूनै सुरुका दिनमा घाटामा रहेका थिए ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ७२ रूपैयाँ १० पैसामा भएको थियो । हाल कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ९८९ रूपैयाँ कायम भएको छ । हालसम्मको कारोबारमा कम्पनीको शेयरमूल्य २ हजार २४७ रूपैयाँ ५० पैसाम्म पुगेको तथ्याङ्क छ । अंकित मूल्यभन्दा कम मूल्यमा कारोबार खुला भएको कम्पनीको शेयरमूल्य २ हजार २०० रूपैयाँभन्दा माथी पुग्दा बोनस शेयर कारोबार गर्न नपाएकोमा भने लगानीकर्ताहरूले दुख व्यक्त गरेका छन् ।
 

Image

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक रु एक करोड नौ लाख तिर्ने गरी पछिल्लो सम्...

Image

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “पूर्वसहमतिअनुसार टुक्रे योजना कार्यान्वयन नगर्ने ...

Image

“अर्थतन्त्र शिथिल छ, तर हामी सुधारोन्मुख छौँ र सुधार हुनेमा आशावादी छौँ । निजी क्षेत्रको मनोबल बढाउन...

Image

यस आर्थिक बर्षमा बेरुजु रकम एक लाख ६३ हजार चार सय ८० रुपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले ब...

Image

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोर...

Image

अन्य प्रदेशहरु बजेटको आकार घटाउनेगरी लागिरहँदा सुदूरपश्चिम सरकारले भने आगामी आर्थिक वर्षको बजेट १० प...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४