शीर्षकहरू

किर्गीस्तानमा नेपालीहरु अलपत्र परेपछि गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान दूतावासको आग्रह

किर्गीस्तानमा नेपालीहरु अलपत्र परेपछि गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान दूतावासको आग्रह

काठमाडौं । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ।

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ।

‘यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने  गैरकानुनी काममा संलग्न हुने व्यक्ति/समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ। ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ।