ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

१३ बैशाख २०८१

cover image

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नुभएको छ । प्रा.डा. गौतमसंग एसियन ईन्स्टीच्यिुट अफ टेक्नोलोजि थाईल्याडको सहायक प्राध्यापक, विरला ईन्स्टीच्यिुट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिको केस अध्ययन केन्द्रको वोर्ड सदस्य, डोङ ए विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिङ प्राध्यापक, टेक्सास क्रिष्चियन विश्वविद्यालयको रिसर्च एसोसिएट भई कार्य गरेको अनुभव रहेको छ । 

सि.ए. मन्दिप वशिष्ठले नेपाल बोर्र्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आइएफआरएस समेत गरेका छन । विशेष गरी एसएमइ क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरुकोलागि ऋण तथा शेयर पूँजी परिचालन गरेको अनुभव भएका सि.ए वशिष्ठसंग स्वीस राजदुतावास तथा युएसएड को एसएमइज फर ग्रोथ फाइनान्सिङको विशेषज्ञको रुपमा सफल कार्य गरेको अनुभव रहेको छ । नव नियुक्त स्वतन्त्र सञ्चालक द्धय प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष  प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराए । 

स्वतन्त्र सञ्चालक द्धय प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठकोे लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले वहाँहरुले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुहुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ । 
 

Image

यस दिन कारोबार पनि सुस्त देखिएको छ ।

Image

ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क ड...

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बोटलर्स नेपाल तराइ लिमिटेडको शेय...

Image

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बो...

Image

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोल्ती पावर कम्पनी, साधना लघुवित्त ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४