दक्षिण एसियाका यी मुलुक विश्वमै बढी प्रदूषित, नेपाल आठौँ नम्बरमा

५ बैशाख २०८१

cover image

काठमाडौं । अघिल्ला साताहरूका केही दिन हामीले राजधानी सहर काठमाडौँ विश्व कै सर्वाधिक प्रदूषित सहरका रुपमा पायौँ ।  त्यसबेला उपत्यकावासी धेरै जनामा श्वासप्रश्वास, रुघाखोकी, दम, आँखा र छालामा समस्या लगायतका स्वास्थ्य समस्याहरू देखिए ।

त्यो सबै हामीले सास फेर्ने हावामा रहेको धुलो, धुवाँ र अन्य रसायनका कणहरूको कारण भएको थियो । यसरी हामीले सास फेर्ने हावाको गुणस्तर कस्तो हुनुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनले मापदण्ड नै तोकेको छ । तर विडम्बना नै भन्नुपर्छ अहिले लगभग संसारका सबै भागका मानिसहरू डब्लुएचओले तोकेको मापदण्ड भन्दा खराब हावामा सास फेरिरहेका छन् ।

वायु गुणस्तर मापन (एयर क्वालिटी मनिटर) का अनुसार नेपाल सन् २०२३ मा संसार कै आठौँ प्रदूषित मुलुकका रुपमा रहेको थियो। जसको राजधानी काठमाडौँ पटक पटक विश्वकै प्रदूषित सहर करार भएको प्रसंग माथि नै उठाइसकिएको छ ।

हालै प्रकाशित एक रिपोर्ट अनुसार विश्वको सबैभन्दा प्रदूषित देश चाहिँ बंगलादेश हो । त्यहाँको हावामा विषालु ग्यास तथा फोहर मैलाका धुलोका कण (पार्टिकुलर म्याटर-पिएम) ७९.९ रहेको थियो । दोस्रोमा पनि दक्षिण एसियाली मुलुक पाकिस्तान रहेको थियो । त्यहाँ औसत पीएम२.५, ७३.७ रहेको थियो । हाम्रो अर्को छिमेकी मुलुक भारत पीएम ५४.४ सहित सन् २०२३ मा प्रदूषित देशको सूचिमा तेस्रो नम्बरमा रहेको थियो ।

उल्लेखित तीन मुलुकको वायुको गुणस्तर विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा १० गुणा भन्दा बढिरहेको पाइएको हो । नेपाल भने ७ देखी १० गुणासम्म बढी प्रदूषित मुलुकको श्रेणीमा रहेको छ । यो श्रेणीमा नेपाल सँगै काजकिस्तान ४९.० , बुर्किना फासो ५६.६, इराक ४३.८, इजिप्ट ४२.४ पनि रहेका छन् ।

सन् २०२३ मा नेपालको बायुमा पीएम २.५  (धुलो, धुवाँ, विषालु ग्याँस लगायतको मात्रा) औसतमा ४२.४ रहेको तथ्याङ्कमा उल्लेख छ ।

यी हुन् सर्वाधिक प्रदूषित २० मुलुकहरू

के हो पीएम २.५

पीएमको अर्थ हो, पार्टिकुलर म्याटर ।  यो भनेको बायुमा रहेको धुलो, धुवाँ, विषालु ग्याँस र तेल, कोइला, डिजेल, पेट्रोलजस्ता इन्धनमार्फत इन्जिन, उद्योग तथा विद्युतीय यन्त्र चलाउँदा निस्कने कणहरू हुन् । जसलाई छोटोमा 'पीएम' (PM) लेखिन्छ ।  यसमा पीएम २.५   र पीएम १०  सूचक हुने गर्छ । पीएम २.५ मा मा वायु प्रदूषणको मात्रा ‘माइक्रोग्राम प्रति घनमिटर’ एकाइमा मापन गर्ने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यसको औसत एकाइ २४ घण्टामा ४० माइक्रोग्राम प्रति घनमिटर हुनुपर्छ । यदि त्योभन्दा कम भए हावा स्वस्थ हुने र बढी भए प्रदूषित भएको मानिन्छ ।  पीएम १० ले चाहिँ १० माइक्रोनभन्दा साना धुलोका कण जाँच गर्छ । २४ घण्टामा औसत १२० माइक्रोग्राम प्रति घनमिटरभन्दा एकाइ देखाए हावा स्वस्थ हुने र बढी देखाए प्रदूषित हुने भनी मापदण्ड तोकिएको छ ।  

Image

मन्त्री पदम गिरीका अनुसार आगामी अधिवेशनमा विभिन्न समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टु...

Image

यस वर्ष बन्दा, आलु, बोडी, प्याज, कुरिलो, साग, हरियो खुर्सानी काउलीलगायत तरकारीको मूल्य बढेको देखिएको...

Image

मन्त्री अर्यालले श्रमदान मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको बताए । श्रमिकको समस्या समाधान गर्न ...

Image

भ्रमणको क्रममा आइजीपी कृष्ण मुर्ती सहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक...

Image

एसोसिएसनको १२ सदस्यीय केन्द्रीय कार्य समिति नै निर्विरोध निर्वाचित हुँदा बरिष्ठ उपाध्यक्षमा नरेन्द्र...

Image

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारतको विहार पश्चिमीचम्पारण वेतियाभावल पञ्चायत बस्ने वर्ष क्यामुदि...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४