शीर्षकहरू

चिलिमे जलविद्युतले कमायो ४७ करोडभन्दा बढी नाफा

चिलिमे जलविद्युतले कमायो ४७ करोडभन्दा बढी नाफा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४७ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिको तुलनामा भने कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ५ करोड ८० लाख रुपैयाँभन्दा कम खुद नाफा गरेको हो । यस त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट ७८ करोड २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ८० करोड ४२ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको थियो । 

यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी कम भएकाले खुद नाफा घटेको हो । हाल कम्पनीको चुक्तापूँजी ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँभन्दा बढी रहेको छ । रिटर्न अर्निग रकम भने २ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९३ पैसा छ ।