चीनले गर्‍यो पश्चिमी आरोपको कडा खण्डन

५ बैशाख २०८१

cover image

एजेन्सी । चीनको परराष्ट्र मन्त्रालयले ‘चीन अधिक क्षमतामा चलिरहेको’ भन्ने पश्चिमी मिडिया र राजनीतिज्ञहरूको दाबीलाई खण्डन गरेको छ । उसले यस्तो भाष्यले विश्वमा नकारात्मक प्रभाव पारिरहेको भन्दै यसलाई गलत कथाको संज्ञा समेत दिएको छ।

पश्चिमले उठाएको "अधिक क्षमता" मुद्दाको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार नियमित पत्रकार सम्मेलनमा भने, "चिनियाँ अधिक क्षमताले विश्वव्यापी बजारमा झटका दिंदैछ भन्ने भनाई गलत छ।“

लिनले चेतावनी दिए कि चीनको “ओभर क्यापेसिटी" को त्रुटिपूर्ण कथाको आडमा थप व्यापार संरक्षणवादी बाधाहरू खडा गर्ने प्रयासले कसैको उद्योगलाई बलियो बनाउँदैन। बरु यसले विश्वव्यापी आपूर्ति शृङ्खलाको सहज र स्थिर सञ्चालनमा बाधा पुर्‍याउँछ । र, विश्वव्यापी हरित सङ्क्रमणमा बाधा पुर्‍याउने काम गर्नेछ।

चीनले उत्पादन क्षमताका समस्याहरूलाई बजार अर्थतन्त्रको सिद्धान्त अनुसार व्यवहार गर्नुपर्ने कुरामा धेरै पटक जोड दिएको लिनले दोहोर्‍याएको समाचार ग्लोबल टाइम्सले प्रकाशित गरेको छ ।

"आर्थिक भूमण्डलीकरणको परिप्रेक्ष्यमा हेर्दा र श्रमको विश्वव्यापी विभाजनको परिप्रेक्ष्यमा विश्लेषण गर्दा चिनियाँ नयाँ ऊर्जा उद्योगको प्रतिस्पर्धात्मकता सरकारी अनुदानबाट प्राप्त नभई वास्तविक सीप र पूर्ण बजार प्रतिस्पर्धाबाट प्राप्त भइरहेको छ" लिनले भने। ।

चिनियाँ अधिकारीहरूले हालै केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूलाई चीनको इलेक्ट्रिक वाहन (इभी) उद्योगमा "अधिक क्षमता" को आरोपको जवाफ दिएका हुन् । चीनले आफ्नो उत्पादनको बजार समायोजनको महत्त्वलाई जोड दिँदै आएको छ।

चीनको शीर्ष आर्थिक योजना एजेन्सी राष्ट्रिय विकास तथा सुधार आयोगका अधिकारी जिन सियानदोङले बुधबार एक छुट्टै पत्रकार सम्मेलनमा भने कि मागको तुलनामा उत्पादनको मध्यम बचत बजार प्रतिस्पर्धा र प्राकृतिक छनोटका लागि अनुकूल छ र यो घटना धेरै सामान्य छ। उत्पादन क्षमताका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय व्यापारसँग जोड्ने प्रयासको सन्दर्भमा र निर्यात गरिएका वस्तुहरूको वृद्धिले "अधिक क्षमता" लाई सङ्केत गर्छ भन्ने दाबीहरू र आरोपहरू मान्य छैनन्।

Image

नगद अभावमा परेको बजेट एयरलाइन गो फर्स्ट गत वर्ष मे ३ देखि बन्द छ र स्वैच्छिक दिवालियापन प्रक्रियाबाट...

Image

सोमबारदेखि सुरू भएको दुई दिने उक्त सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका १५ देश र सार्वजनिक तथा निजी क्...

Image

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउछ । जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त र...

Image

आदि र नादिरको गोदरेज इन्डस्ट्रीजको स्वामित्वमा पाँच सूचिकृत कम्पनी छन्। जमशेद र स्मिताले गैरसूचीबद्ध...

Image

बेलायती उच्च अदालतमा पेश गरिएका कागजातहरूमा कम्पनीले आफ्नो कोरोना भ्याक्सिनले थ्रोम्बोसिस थ्रोम्बोसा...

Image

राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस) ले कारखाना उत्पादनको प्रमुख मापन पर्चेजिङ मेनेजर्स इन्डेक्स (पिएमआ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४