बेरोजगार हुनुहुन्छ ? चिन्ता नलिनुस् 'सेवासँगै मेवा'पनि प्राप्त गर्न सक्नुहुन्छ

५ बैशाख २०८१

cover image

-तेजेन्द्र सुबेदी

नेताले देश  बिगारे, काम गरेनन्,  उद्योग कलकारखाना खोलेनन् भन्ने हामि हाम्रो खेतबारी बाँझो भएको देख्दैनौ। दिनभर क्यारमबोर्ड खेल्छौ,तास खेल्छौ,लुडो खेल्छौ,सहरतिर दिनभर आकाशे पुलमाथि बसेर गाडी गन्छौ अनि साँझ भट्टीमा बसेर लोकल ठर्रा पिउँदै देशमा केही गर्न सकिएन अब विदेश जानुपर्छ भन्छौ।

अनि घरमा २/३ लाख ऋण खोज्न लगाएर महिनाको ३०-४० हजार कमाउनलाई खाडी मुलुक भासिन्छौ। कहिले अलिअलि कमाएर,कोही लास भएर त कोही अलिअलि सास लिएर नेपाल फर्किन्छौ । दुखका साथ भन्नुपर्छ, यहि नै हो हामीमध्ये धेरै नेपालीको लीला अनि चर्तिकला !

यस्तै यस्तैहरूको भिडमा न्यूनतम एस.इ.इ वा एस.एल.सी पास गरेकासँगै डबल डिग्री गरेका,पिएचडी सकेका,पाइलट,पत्रकार,शिक्षक हुन् वा इन्जिनियर तल्लो  तहका कर्मचारी हुन् वा सिनियर,व्यापार बिजनेस गर्ने सामान्य व्यापारी हुन् वा ठुला आयात/निर्यातकर्ता सबै जनाले आफ्नो कर्मसँगै जीवन बीमा अभिकर्ता पेसालाई अँगालेर समाजसेवाको साथमा मनग्य कमाउँदै अनि रमाउँदै आइरहनु भएको छ। शायद जो कुरा तपाईँलाई थाहा नभएको पनि हुनसक्छ ।

बीमा पेसा सेवामूलक पेसा हो,यो सेवा हो,धर्म हो, असल कर्म हो ।बीमा अभिकर्ताले बीमा कम्पनीको प्रतिनिधिको  रुपमा बीमा गर्न चाहने मान्छेको सम्पर्कमा पुगेर उसको काम र  आर्थिक हैसियत अनुसार उसलाई उपयुक्त हुने बीमा पोलिसिको बारेमा जानकारी दिने सहयोगी हो ।बीमा फर्म भर्न सहयोग गर्ने, वार्षिक किस्ता जम्मा गर्ने बेला सम्झाउने,जुनसुकै दाबी भुक्तानीको लागी सहयोग गर्ने, बीमा गर्ने व्यक्ति, बिमितलाई हर किसिमको सहयोग गर्ने अभिकर्ताको कर्तव्य हो। त्यसैले त यो पेसा सेवासँग जोडिएको छ ।

कुनै पनि कार्यमा सफल हुनलाई आफैलाई भित्रैबाट हुटहुटी आउनुपर्छ ।आफूमा इच्छाशक्ति हुनुपर्दछ ।जोस अनि जाँगर हुनुपर्छ। इमानदार, लगनशील भएर हजुरहरूको आ-आफ्नो कर्म सँगसँगै कुनै पनि एउटा जीवन बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिन सक्नु हुन्छ।

अभिकर्ता भएर हामीले बचत गर्न सिकाउने हो,यो भनेको हामीले लोडसेडिङ हुनसक्छ भनेर इन्भटरको जोहो गरेको जस्तै हो।जीवन बीमा जसले भोलि हुने सम्भावित घटनालाई रोक्न त कुनै पनि हालतमा सक्दैन तर त्यो जोखिमको कारण आउने आर्थिक समस्याहरूको न्यूनीकरण भने अवश्य गर्दछ  ।

सर्वसाधारण व्यक्तिलाई बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी गराउने व्यक्ति बीमा अभिकर्ता हुन् । त्यसैले त यो पेसा वा सँग जोडिएको छ । सेवा गरेबापत तपाईँलाई जीवन बीमा कम्पनीहरूले मेवा पनि दिने गर्दछन् । त्यो कम्पनीले तपाईँलाई संसद्मा सांसदहरूले ताली पिटेर पास गरेको बीमा ऐनमा तोकिए बमोजिमको पारिश्रमिक दिने गर्दछन् ।

जुन पारिश्रमिक तपाईँले सर्वसाधारणलाई बीमाको महत्त्व, बीमाका फाइदा, बीमाको उद्देश्यको बारेमा जानकारी गराएबापत, सम्झाए बापत,बीमा गर्ने व्यक्ति सामु बीमाका विभिन्न पोलीसि लगेर उनीहरूको भोलि आउन सक्ने अँध्यारो दिनलाई अहिले नै उज्यालो ज्योतिको जोह गरिदिए बापत दिने हो । नेपाल सरकारलाई कर तिरेर एकदमै आकर्षक रकम तपाईँले पाउनुहुन्छ जसले तपाईँलाई आत्म सन्तुष्टि सँगै तपाइको आर्थिक संवृद्धि पनि गराउँदछ  ।

कसरी बन्ने अभिकर्ता के चाहिन्छ बीमा अभिकर्ताको लागि योग्यता ?

१,  नेपाली नागरिक

२, मान्यताप्राप्त संस्था वा बोर्ड बाट न्यूनतम एस.इ.इ उत्तीर्ण ।

३, आफुले चाहेको मान्यता प्राप्त जीवन बीमा कम्पनीबाट नेपाल बीमा प्राधिकरणले निर्धारण गरे बमोजिम बीमा सम्बन्धी तालिम प्राप्त गरेको ।

४, बीमा अभिकर्ताको परीक्षा उत्तीर्ण गरेको ।

५, प्राधिकरणले कानुन विपरीत कार्य गरेको भनी कारबाही गरेको ३ वर्ष पुरा भएको ।

६, कानुन बमोजिम करार गर्न योग्य ।

संस्थागत अभिकर्ताको हकमा सम्बन्धित संस्थाको प्रमुख कार्यकारी अधिकृत वा कुनै एक जना उच्च व्यवस्थापकको योग्यता माथि उल्लेख भए बमोजिमको हुनुपर्ने ।

जीवन बीमा अभिकर्ता बन्नको लागि चाहिने डकुमेन्ट के के हुन् ?

१, नेपाली नागरिकताको प्रमाणपत्र

२, स्थायी लेखा नम्बर

३, शैक्षिक योग्यता खुल्ने प्रमाणपत्र न्यूनतम एस.इ.इ वा एस.एल.सी. उत्तीर्ण

४, सम्बन्धित (बिमक)बिमा कम्पनीको सिफारिस पत्र

५, बिमा अभिकर्ता तालिमको प्रमाणपत्र

संस्थागत अभिकर्ता भएर काम गर्नको लागि माथि उल्लेखित डकुमेन्टको अतिरिक्त देहायको कागजातको प्रमाणपत्र पेस गर्नु पर्दछ ।

१, संस्था दर्ता प्रमाणपत्र

२, बिमा अभिकर्ताको कार्य गर्ने भनी उद्देश्य उल्लेख गरिएको प्रबन्ध पत्र र नियमावली

३, कर चुक्ता प्रमाणपत्र

४, प्रचलित कानुन बमोजिम कालो सूचिमा नपरेको प्रमाण  

(लेखक तेजेन्द्र सुबेदी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बानेश्वर शाखाका शाखा प्रमुख हुन्)                                                

Image

निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट ९ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीम...

Image

हकप्रद पछि पनि कम्पनीलाई थप १९ करोड ८० लाख ६२ हजार पूँजी आवश्यक हुन्छ । चालू आर्थिक वर्षको मुनाफबाट ...

Image

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । सभाबाट पारि...

Image

प्रतिशेयर २८० रूपैयाँ तोकिएको यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी म...

Image

कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिम...

Image

५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले २३ दशमलव ८० प्रतिशत बोनस शेयर र २७ प्रतिशत हकप्...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४