‘बाहिर हल्ला गरेजस्तो बैंकहरुमा कुनै समस्या छैन’

१४ फाल्गुण २०८०

–सुनिल केसी  

पछिल्लो समय बैंकिङ क्षेत्रमा अफ्ठयारो स्थिति देखा परेको छ । विशेषगरि बैंकहरुको बारेमा धेरैकुराहरु सडकबाट हुने गरेको छ । बैंकहरुमा सुरक्षामा अवस्था पनि गाह्रो भइरहेको छ । ऋण नतिर्ने प्रचार व्यापकरुपमा भइरहेको छ । तर, यो बेलामा सरकारबाट जुन खालको सहयोग पाउनु पर्ने हो त्यो सहयोग पाएका छैनौँ । 

बैंकहरु खतम हुन थाले । बैंकहरु अफठ्यारोमा छन् । भन्ने खालको हल्ला पनि भइरहेको छ । बाहिर हल्ला गरेजस्तो बैंकहरुमा कुनै समस्या छैन । 

हामी अहिले पाँच हजार हाराहारीमा शाखाहरू सञ्चालन गरेर काम गरिरहेका छौँ । निक्षेप खाता मात्रै करिब चार करोड ५० लाख छन् । १५ लाख ३४ हजार ऋणीको खाता व्यवस्थापन गरिरहेका छौँ । दुई करोड भन्दा बढी मोबाइल बैंकिङको कारोबार व्यवस्थापन गरिरहेका छौँ । इन्टरनेट, एटिएम प्रयोगकर्ताहरू पनि बढ्दो अवस्थामा रहेका छन् । ८६ हजार भन्दा बढीलाई यस क्षेत्रले रोजगारी दिइरहेको छ । सरकारलाई राजस्वको योगदान पनि उच्च छ । 

अहिले बजारमा बैंकहरू खतम हुन लागे भनेर जुन खालको भ्रम बजारमा छरिएको छ त्यसलाई स्पष्ट पार्नु पर्दा आजको दिनमा हामीले ७१९ अर्बको पुँजी लिएर काम गरिरहेका छौँ । ग्रस एनपीए चाहिँ बढेको अवस्था छ । तर, नेट एनपीए केही अप्ठ्यारो देखिए पनि हामी समस्यामै परिहालेको छैनौँ । 

बैंकहरुले १२ सय अर्बको हाराहारीमा सरकारको बोण्डहरुमा लगानी गरेका छन् । जुन सुरक्षित लगानी हो । यसका साथै पाँच सय अर्ब सिआरआर र अरू बैंक ब्यालेन्सकारुपमा राखेका छौँ । १२ सय अर्बको निक्षेप सुरक्षित छ । त्यसमा कुनै समस्या आउँदैन ।  

केही समय अगाडीसम्म हामीले ब्याजदर उच्च रह्यो भनेर चर्चा हुने गरेको छ । तर, पछिल्लो दिनमा ब्याजदर कम भइसकेको छ । छोटो समयमै ब्याजदर तल झरिसकेको छ । यी सबै सूचकांकहरु हेर्दा सबै बैंकहरु वित्तीय संस्था सुरक्षित छन् । 

पछिल्लो चार वर्षमा रिटर्न अफ इक्युटी घटिरहेको छ । यो अहिले ९ प्रतिशतको हाराहारीमा आइसकेको छ । बैंकले मात्र पैसा कमाउने अरू घाटामा जाने भन्ने कुरा सही होइन । अर्थतन्त्रमा कुनै समस्या आयो भने बैंकहरुलाई पनि असर पर्छ ।  

मुख्यरुपमा वितरणयोग्य नाफामा साेचको विषय बनेको छ । यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सोच्नु पर्ने बेला आएको छ । अहिले कर्जा प्रवाह पनि हामीले सोचेको जस्तो भइरहेको छैन । सरकारले अर्थतन्त्र चलायमान बनाउन नसक्दा यसमा असर देखा परेको हो । 

समग्ररुपमा साउथ एसियामा नेपालका बैंकिङ क्षेत्रले एकदमै राम्रो गरिरहेको क्षेत्र हो । राष्ट्र बैंकको सुक्ष्म निगरानीमा बैंकहरु सञ्चालन भइरहेका छन् । यस्तो अवस्थामा अगाडी बढ्नका लागि सकारात्मक सुझावको आवश्यक छ । 

(नेपाल बैंकर्स संघका अध्यक्ष केसीले सोमबार आयोजना गरिएको कार्यक्रममा राखेका भनाइको सम्पादित अंश) 

 

Image

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्र...

Image

कम्पनीको  खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ४ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्...

Image

डलरसँगै आज बेलायती पाउन्ड, युरोपियन युरो तथा कुवेती र बहराइन दिनारकोको भाउ पनि घटेको छ ।

Image

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन स...

Image

स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर...

Image

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४