शीर्षकहरू

९ महिनामा बागमती हाइड्रोपावरद्वारा करिब १३ करोडको विद्युत विक्री

९ महिनामा बागमती हाइड्रोपावरद्वारा करिब १३ करोडको विद्युत विक्री

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बागमती हाइड्रोपावर कम्पनी लिमिटेडले ६ करोड ३३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ५ करोड ७२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष गत वर्षभन्दा कम खुद नाफा गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट १२ करोड ६० लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । 

गत वर्ष यस अवधिसम्म ११ करोड ९९ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष कम विक्री गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियममा २ करोड २८ लाख रूपैयाँभन्दा बढी रहेकोमा जगेडा कोष रकममा ११ करोड ६७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

 वित्तीय खर्च गत वर्ष ६५ लाख ८० हजार रूपैयाँ रहेको कम्पनीको यस वर्ष ५ लाख ५१ हजार रूपैयाँ मात्र भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १५ रूपैयाँ ७५ पैसा रहेकोमा प्रतिशेयर नेटवर्थ १२४ रूपैयाँ ४१ पैसा रहेको छ ।