शीर्षकहरू

४ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको लक्ष्मी लघुवित्तको वितरणयोग्य नाफा करिब २ करोड

४ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको लक्ष्मी लघुवित्तको वितरणयोग्य नाफा करिब २ करोड

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ४४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ९ करोड १७ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको खुद नाफा गरेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो ।

 यस वर्ष इम्पेरमेन्ट चार्ज उल्लेख्य मात्रामा घटेकाले खुद नाफा गर्न कम्पनी सफल भएको हो । गत वर्ष १५ करोड ९ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष १ करोड ५८ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ८९ लाख रूपैयाँभन्दा बढी रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी ४४ करोड १६ लाख ६२ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निग १ करोड ८९ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ३६ करोड ५५ लाख रूपैयाँभन्दा बढी रहेको छ । यस वर्ष कम्पनीले २ अर्ब २७ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । 

कर्जा प्रवाह रकम भने ६ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष ९ दशमलव ४७ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष ७ दशमलव ७६ प्रतिशत रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १३ रूपैयाँ ४१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रूपैयाँ ४ पैसा रहेको छ ।