१५ वटा सहकारी संस्थाले बचतकर्ताको १७ अर्ब १९ करोडभन्दा बढी हिनामिना

cover image

काठमाडौं । सङ्घीय सरकार मातहत दर्ता भएका १५ वटा सहकारी संस्थाले बचतकर्ताको १७ अर्ब १९ करोड रुपियाँभन्दा बढी हिनामिना गरेको पाइएको छ । देशभरिका पाँच सयभन्दा बढी सहकारी सङ्कटग्रस्त स्थितिमा छन् । भूमि  व्यवस्था,  सहकारी  तथा  गरिबी  निवारण  मन्त्रालय  अन्तर्गतको  समस्याग्रस्त  सहकारी  व्यवस्थापन  समितिको  पछिल्लो  तथ्याङ्कले सो बचत रकम हिनामिना भएको देखाएको  हो  ।

  समितिका  सदस्य  सचिव  केशवप्रसाद  पौडेलका  अनुसार  सात  हजार  ६३५ बचतकर्ताले बचत रकम फिर्ता गरिनुपर्ने मागसहित समितिमा उजुरी दिएका छन् । सङ्घीय  सरकार,  प्रदेश  सरकार  र  स्थानीय तहमा झन्डै ३२ हजार सहकारी संस्था दर्ता भएका छन् । १४५ वटा सहकारी संस्था सङ्घमा  दर्ता  भएका  छन्  । 

 तीमध्ये  १९  वटा  सहकारी  संस्थालाई  समस्याग्रस्त  घोषणा  गरी  व्यवस्थापनका  लागि  सफारिस  गरिएको  छ  ।  उहाँले १५ वटा सहकारीको आर्थिक अपचलनको माग दाबी सङ्कलन गरी बचतकर्ताको रकम फिर्ता गर्ने प्रव्रिmया अघि बढाइएको बताउनुभयो । 

उहाँका  अनुसार  स्ट्यान्डर्ड  सेभिङ  एन्ड  क्रेडिट  कोअपरेटिभ  लिमिटेड,  प्यासिफिक  सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ लिमिटेड, सोसाइटल  बचत  तथा  ऋण  सहकारी  संस्था  लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एन्ड  क्रेडिट  कोअपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरिएको छ । 

उहाँले  ओरेन्टल  कोअपरेटिभ  लिमिटेड,  कन्जुमर  बचत  तथा  ऋण  सहकारी  संस्था  लिमिटेड र कोहिनुर हिल सेभिङ एन्ड  क्रेडिट  कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड  क्रेडिट  कोअपरेटिभ लिमिटेड र तुलसी बहुमुखी सहकारी  संस्था  लिमिटेड  पनि  समस्याग्रस्त  सूचीमा परेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “समस्याग्रस्त घोषित आठ वटा सहकारी संस्थाले रकम फिर्ता गर्न थालेका छन् ।”११ अर्ब अपचलन समस्याग्रस्त   सहकारी   व्यवस्थापन   समितिका अध्यक्ष काशीराज दाहालले सहकारी क्षेत्रमा  देखिएको  अनियमितता,  भ्रष्टाचार  र  आर्थिक अपचलनको विद्रुप चित्र एउटै सहकारी संस्थाले उजागर गरेको बताउनुभयो । उहाँका अनुसार  शिवशिखर  बहुउद्देश्यीय  सहकारी  संस्थामा ११ अर्ब रुपियाँ अपचलन भएको छ । उहाँले भन्नुभयो, “चैत १ गतेसम्म शिवशिखर सहकारीका  बचतकर्तालाई  आफ्नो  बचत  रकममाथि  माग  दाबी  गर्न  सूचना  प्रकाशित  गरिएको  थियो  । 

 तीन  हजार  दुई  सय  जना  बचतकर्ताले  ११  अर्ब  रुपियाँभन्दा  बढी  रकम  हिनामिना भएको दाबी आएको हो ।”उहाँका  अनुसार  एक  करोडभन्दा  माथि  रकम   अनियमितता   भएको   निष्कर्षसहित   सरकारले फागुन १० गते समस्याग्रस्त घोषित हाम्रो नयाँ सहकारी संस्था लिमिटेड, माघ २६ गते समस्याग्रस्त घोषित कृषि विकास बहुउद्देश्यीय सहकारी  संस्था  लिमिटेड  र  फागुन  ३  गते  समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एन्ड व्रmेडिट सहकारी  संस्था  लिमिटेडका  बचतकर्तालाई  बचत  रकम  दाबी  गर्न  चैत  २१  गतेसम्मको  समयसीमा दिइएको छ । त्यसै गरी फागुन २९ गते समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम माग दाबी गर्नका लागि सूचना प्रकाशित गर्ने तयारी समितिको छ । 

Image

उहाँले  सुरुमा  मान्छेले  थाहा  नपाएर  त्यस्ता  बत्ती  राख्ने  गरेको भए पनि त्यसको असरबारे थाहा पाएप...

Image

सरकारे भूमि  ऐन,  राष्ट्रिय  निकुञ्ज  तथा वन्यजन्तु  ऐन,  विद्युतीय  (इलोक्ट्रोनिक)  कारोबार  ऐन, वि...

Image

त्यो  हामीलाई  थाहा  छैन । तपाईंहरूले बस्तीमै आएर भत्ता वितरण गर्नु पर्छ भनेका छौँ र उहाँहरूले हुन्छ...

Image

लगानी सम्मेलन तयारी समितिले पनि लगानी सहजीकरणसम्बन्धी विधेयकसहित लगानीमा देखिने कानुनी र नीतिगत अप्ठ...

Image

व्यवस्थापकीय  लापरबाही  र  राजनीतिक  हस्तक्षेपका  कारण  काठमाडौँ  अनामनगरस्थित  सिंहदरबार   वैद्यखान...

Image

अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपि...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४