पत्‍नीको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान


आर्थिकन्यूज

काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार बेलुका अमेरिका प्रस्थान गरेका छन्।

पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका प्रस्थान गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। सीता लगातार बिरामी परेपछि यसअघि काठमाडौं, दिल्ली र सिंगापुरमा उपचार गराइएको थियो। त्यहाँ उपचारले सन्चो नभएपछि थप उपचारका लागि अमेरिका प्रस्थान गरेका हुन्।

उनलाई विदाइ गर्न नेकपाका नेता सुवास नेम्वाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। सीता दाहालको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने प्रचण्डले जानकारी दिए। त्यहाँ उनको प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार हुने छ। प्रचण्डसँग छोरी गंगा पनि अमेरिका प्रस्थान गरेकी छन्।

उनले प्रस्थान गर्नु अघि सञ्‍चारकर्मीसँग कुरा गर्दै भने, ू म जानुको मुख्‍य उद्देश्य भनेको उपचार नै हो। पार्किसन्सको जटिल अवस्था भएकोले त्यहाँ एक यसको उपचार हुने थाहा भइसकेपछि उपचारका लागि जान लागिएको हो।ू

उपचार सकेर ७ देखि १० दिनसम्म उपचार तथा थेरापी सकिने भएकोले उपचार सकेर नै फर्किने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया