‘माथिल्लो तामाकोसी ५’ मा ४९ प्रतिशत लगानी सर्वसाधारणको हुने


आर्थिकन्यूज

काठमाडौं, चैत ३ । ऊर्जा मन्त्रालयले जनताको जलविद्युत् कार्यत्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ ‘बी’ पछि दोस्रो आयोजनाका रूपमा ९६ मेगावाटको तामाकोसी ५ जलविद्युतको निर्माण कार्य सुरु गर्ने भएको छ ।

विद्युत् प्राधिकरणले नै करिब १९ अर्ब ३० करोड रुपैयाँ लागतको तामाकोसी ५ आयोजना अघि बढाउने भएको छ । यो आयोजनामा समेत जनताको ४९ प्रतिशत लगानी रहनेछ । यो पनि क्यास्केड आयोजना हो ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको आयोजनाबाट विद्युत् उत्पादन भएपछि निस्कने पानीलाई नदीमा नफर्काई सोझै दोस्रो सुरुङमार्फत विद्युत् गृहमा लगी९६ मेगावाट बिजुली निकाल्ने आयोजना हो । नदीमा बाँध (इन्टेक) र बालुवा थेग्य्राउने पोखरी नबनाईकन बनाइने आयोजना भएकाले यो आयोजना निर्माण लागतका हिसाबले सस्तो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया