देवः विकास बैंकको नयाँ शाखा कालीमाटीमा


आर्थिकन्यूज

काठमाडौं, चैत्र १ । देवः विकास बैंक लिको काठमाडौं महानगरपालिका, वडा नं १३ स्थित कालीमाटीमा संचालनमा आएको छ । उक्त नयाँ शाखा कार्यालयको शुक्रबार आयोजित औपचारिक समारोहबीच काठमाडौं महानगरपालिकाका प्रमुख, विद्या सुन्दर शाक्यले उद्घाटन गरेका थिए ।

बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा शाखा उद्घाटन कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा बिशेष मन्तव्य दिनु हुँदै काठमाडौंं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेरो काठमाडौं मैले बनाउँछु भन्ने भावना सहित आर्थिक समृद्ध काठमाडौं निर्माणमा महानगरवासीसँग सहकार्य गर्ने र महानगरको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए।

कार्यक्रमहरुमा स्वागत मन्तव्य दिनु हुँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।

काठमाडौं महानगरपालिका, वडा नं १३ का वडा अध्यक्ष, ध्रुव नारायण मानन्धरले वडा नंं १३ मा देवः विकास बैंकले शाखा सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका थिए ।

संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गले सम्पुर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नु हँुदै स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका आर्थिक सम्बृद्धिका लागि लगानी र अवसर सिर्जना गरिने विश्वास सहित बैंकले आगामी दिनमा देशको पूर्वी क्षेत्रमा शाखा विस्तार गरिने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया