एन आई सी एशिया बैंकको नयाँ शाखा भगवानपुरमा


आर्थिकन्यूज

काठमाडौं, चैत १ । एन आई सी एशिया बैंक लि.को भगवानपुर गाउँपालिका वडा नं १, सिरहा स्थित भगवानपुर शाखा सञ्चालनमा ल्याएको छ । भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवबाट शुक्रबार एक समारोहका बिच उक्त शाखा उद्घाटन गरेको हो ।

उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा ब्यक्त गरे ।

बैंकको मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया