गाउँपालिका अध्यक्ष खत्रीको १८ हजार २ सय कित्ता धितो शेयर लिलामीमा


आर्थिकन्यूज

काठमाडौं, चैत्र १ । सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिकाका अध्यक्ष केदार खत्री क्षेत्रीको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थामा रहेको संस्थापक तथा साधारण शेयरहरु लिलाम बिक्रि हुने भएको छ ।

ऋण असुली न्यायाधिकरणद्धारा शुक्रबार दोस्रो पटक सूचना प्रकाशित गर्दै ७ दिन भित्र बोलपत्र खरिद गरि फारम भर्न सूचना जारी गरेकाे हाे ।

कैलाश विकास बैंक लिमिटेड वादी र प्रतिवादी केदार खत्री भएको संवत २०७२ सालको मुद्धा नं ३६७/०९ को सम्बन्धमा यस न्यायाधिकरणको मिति २०७५ फागुन ३० को आदेश अनुसार वादी बैंकको नाउँमा यस न्यायाधिकरणबाट रोक्का रहेको तपसिलमा उल्लेखित शेयर जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले बैक तथा वित्तीय संस्थाको ऋण असुली एन, २०५८, बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमवाली, २०५९ तथा अन्य प्रचलित कानूनको अधिनमा रही देहायका शर्तहरु पालना गर्ने गराउने गरी यो सिलबन्धी बोलपत्र आह्वान गरेको जनाएकाे छ ।

लिलाम बिक्री हुने शेयर

१. प्रतिवादी केदार खत्री क्षेत्रीको नाउँमा रहेको सिन्धु विकास बैंक लिमिटेडको ६२१७ कित्ता, जनता बैंक नेपाल लिमिटेडको ७२८६ कित्ता संस्थापक शेयर र २७१४कित्ता सर्वसाधारण शेयर र रिलायबल डेभलपमेन्ट बैंकको १९८३ कित्ता संस्थापक शेयर समेत जम्मा १८२०० कित्ता शेयर ।

२. यस न्यायाधिकरणबाट उक्त शेयरको मिति २०७५ कात्तिक १९ को मुल्यांकन मुचुल्काको आधारमा उक्त शेयरको जम्मा न्युनतम मुल्य २४ लाख ४२ हजार ७५२ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया