व्यवसायीले दवाब दिए पनि ट्याक्सीको भाडादर तत्काल नबढ्ने


प्रजिता पाैडेल/आर्थिकन्यूज

काठमाडौं, फागुन २९ । ट्याक्सी व्यवसायीले दवाब दिए पनि ट्याक्सीको भाडादर तत्काल नबढ्ने भएकाे छ । काठमाडौंमा ट्याक्सी ड्राइभहरुको भाडाको विषयमा आन्दोलन भएको लामो समय भैसक्यो ।

अधिकांस ट्याक्सीको पछाडी नेपाल सरकारको समृद्ध नेपालको अभियानमा हामी ट्याक्सी मजदुर छुट्यौ की, हामी मिटरमा सेवा दिन तयार छौ समय सान्दर्भिक मिटरको भाडा समायोजन गरियोस्, सरकार मैले २०७५ सालको मुल्यमा खरिद गर्नुपर्ने तर मैले सेवा दिदा चाहीँ २०६९ को मुल्यमा दिनु पर्ने के यो न्यायोचित हो र ? सरकार मेरो पेसा धरायसी नबनाइयोस, मैले दिएको भोट मान्य हुने, मेरो पेसाको पिडाको आवाज नसुन्ने, कर बढ्ने व्याज बढ्ने ट्याक्सीको मुल्य बढ्ने भाडा नबढ्ने जस्ता मागहरु आफ्नो ट्याक्सीको पछाडी टासेर ट्याक्सी गुडाईरहेका छन् ।

सरकारको तर्फबाट यातायात विभाग, ट्राफिक महाशाखा, गृह मन्त्रालय सम्म पुग्दा पनि ट्याक्सी व्यवसायिहरुले गरेको मागहरु सुनुवाइ नभए पछि आफ्नो मागहरु पछाडी टासेर हिड्न बाध्य भएको ट्याक्सी महांसंघका अध्यक्ष अर्जुन गौतमले बताए ।

सार्वजनिक यातायातमा २०६५ र २०६९ सालमा दुई पटक वैज्ञानिक भाडाको समायोजन भयो । भाडा घट्दा घट्ने र भाडा बढ्दा बढ्ने भनेर । २०६९ सालको पेट्रोलियम पदार्थको मुल्य र अहिलेको मुल्य हेर्दा १ मिटरमै २२/२५ रुपैयाको फरक भएको गौतब बताउछन् । उनि भन्छन पेट्रोलियमलाई आधार मानेर हेर्दा भाडा समायोजन हुन्छ तर बजार मुल्यलाई आधार मान्दा समायोजन हुदैन । खाद्यान्न, बंैकको ब्याज, गाडीको मुल्य, सरकारले लिने ट्याक्सको मुल्य, घरभाडा, पासको मुल्य, लगायतलाई राखेर हेर्दा ६५ प्रतिशतले वृद्धि भई समायोजन हुन्छ । पेट्रोलियम पदार्थलाई आधार मान्दा ३५ प्रतिशत मात्र भाडा वृद्धि भएको छ । सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडा समायोजन हुदा दुई वटा भाडामा हुनु पर्छ । बजार मुल्य र पेट्रोलियम पदार्थमा बजार मुल्य अनुसार नमिल्दा दिन २ गुणा र रात ४ गुणा झन समस्या जटिल बन्दै गएको छ ’।

यात्रुको सेवाको लागि काठमाडौंमा ११ हजार ५ सय भन्दा बढी ट्याक्सीहरु दैनिक गुडिरहेका छुन्छन् । तर ट्याक्सी स्टेसन भने तोकेको छैन् जहाँ खाली ठाउँ देख्यो त्यही रोक्नु पर्ने अवस्था छ । अहिले ट्याक्सी ड्राइभरहरुले कुनै अवरोध नगरी शान्तपुर्ण तरिकाले आफ्ना मागहरु आफ्नै ट्याक्सीको पछाडी टासेर हिडिरहेका छन् ।

सरकारले ट्याक्सीको भाडाको मूल्य अहिलेको बजारभाउ हेरेर गरोस वैज्ञानिक तरिकाले हर हिसाव गरेर मापदण्ड तय गर्नुपर्ने अध्यक्ष गौतमको भनाई छ । ‘निजी कार, मोटरसाइकलहरुले यात्रु बोकीरहेका छन् । आफ्नो लगानी गरेर रोजीरोटी खाईरहेका व्यवसायिलाई पछाडी धकेल्न पाइन्छ ?’ उनले भने ।

रामेछाप जिल्लामा जन्मिएका ३० वर्र्षीय भुपाल तामाङ १० वर्ष यता देखि काठमाडौंमा ट्याक्सी चलाउदै आएका छन् । उनले पनि आफ्नो ट्याक्सीको पछाडी केही मागहरु टासेका छन् । उनि भन्छन् ‘यो माग टासेको २० दिन भयो । जहिले पनि मिटरमा नै हिड्नु पर्ने, अहिले सबै कुराको घर भाडा कर बढाउनाले हामीलाई घाटा लगाइदियो । मिटरमा जादा भाडा पनि उठ्छ तर कुनै समय घाटा पनि लाग्छ । ट्याक्सी चलाएको १० वर्ष भयो आज सम्म कुनै उपलब्धी हुन सकेको छैन । ट्याक्सी व्यवसायिहरुले भाडा बढाउने मात्र कुरा गरेको छैनौ । हामीलाई गाह्रो भयो भाडा वैज्ञानिक तरिकाले बढाउनु पर्यो । ट्याक्सी चलाएर साहुलाई दिनको १५ सय बुझाएर आफ्नो परिवार पाल्न समेत धौ धौ परेको छ ’।

नेपालको कानुन सरकारले मात्रै जानुन भनेको जस्तो भएको छ अहिले ट्याक्सी ड्राइभरलाई कति पय ड्राइभरले आफ्नो ट्याक्सीको पछाडी जुन माग राखेको छ त्यो किन राख्यो ड्राइभर स्वयमलाई थाहा छैन । उनिहरु भन्छन ‘ यो टासेको धैरै भैसक्यो ट्याक्सी संघले टास्देको हो किन टास्यो मलाइ थाहा छैन ’ १ वर्ष देखि ट्याक्सी चलाउदै आएका मेगो मगर बताउँछन् ।

ट्याक्सी सेवा सुरु भएको कम्तिमा चालीस वर्ष नाघिसक्दा पनि वैज्ञानिक भाडादर लागु हुन नजक्नाले यस्तो बेतिथि निम्तीएको छ । नेपालमा ट्याक्सी चढ्ने बितिकै १४ रुपैंया भाडा उठ्ने र हरेक किलोमिटरको ३९ रुपैंया भाडा लाग्ने ट्याक्सी व्यवसाय सघंले बताएको छ ।

पेट्रोलको मुल्य घट्दा भाडा बढाउनु त्यती उभित नभएको र बजार मुल्यलाई हेरेर भाडा बढाउने गरेको र तत्काल भाडा समायोजन नहुने यातायाता व्यवस्था विभागका सुचना अधिकारी गोकर्ण प्रसाद उपध्याले बताए ।

यातायात व्यवस्था विभागको अनुसार बजार मुल्यको आधारमा ट्याक्सीको मुल्य समायोजन गर्ने हुनाले ट्याक्सी ड्राइभरले गरेको मागहरु त्यती जायज नभएको बताएका छन् ।

ट्याक्सी ड्राइभरहरुले २०६९ देखि भाडा नबढाएको भने पनि यातायात व्यवस्था विभागले भने २०७१।७२।र ७५ मा १० प्रतिशतले भाडा बृद्धि भएको बताएको छ ।

इन्धनको मूल्य बृद्धिलाई आधार बनाइ बैज्ञानिक भाडा निर्धारण सम्वन्धी स्वीकृत मापदण्ड बमोजिम २०६९। ११।१८ मा यात्रुवाहक तथा मालबाहक सवारी साधनको भाडा बद्धि भएको थियो भने २०७०।४। १ देखि उक्त नियम लागु भएको थियो । त्यही नियम हाल सम्म पनि कायम रहेको ट्याक्सी व्यवसायी संघकाे दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया