लौ यस्तो छ २०७६ सालको बिदाको तालिका


आर्थिकन्यूज

काठमाडौं, चैत १ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २०७६ सालमा दिइने सार्वजनिक बिदा तय गरेको छ । सरकारले वर्षभरीमा जम्मा १५ दिन बिदा दिने निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार सार्वजनिक बिदा दिइएको छ ।

त्यस्तै असोज ३ गते शुक्रबार संविधान दिवसको दिन सार्वजनिक बिदा दिइएको छ । असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक बिदा दिइएको छ ।

कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन बिदा दिइएको छ ।

फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक बिदा दिइएको छ । त्यस्तै फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार फागु पूर्णिमाको सार्वजनिक बिदा दिइएको छ ।

यसैगरी भदौ १६ गते सोमबार महिलाका निम्ति तीजको सबदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिलालाई असोज ५ गते आइतबार बिदा पाउनेछन् । साथै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा बिदादा दिइएको छ ।

शिक्षण संस्थाहरुमा माघ १६ गते बिहीबार श्रीपञ्चमीको बिदा रहेको छ । यता काठमाडौं उपत्यकामा साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन बिदा हुनेछ भने कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई बिदा दिइएको छ ।

किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा) बिदा पाउने छन् । तर, यसपटक जेठ ४ गते शनिबार परेको छ। किराँत समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार त्यस जातिलायृ सार्वनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम क्षेत्रमा गौरा पर्व भदौ ६ गते शुक्रबार बिदा रहेको छ भने मधेसमा कात्तिक १६ गते छठ पर्वको बिदा हुनेछ । तर, यसपटक शनिबार परेको छ । इस्लाम धर्मावलम्बीहरुले इदुल्ल फित्र र इदुल जोहाका दिन बिदा पाउनेछन् भने इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार बिदा दिने सरकारले निर्णय गरेको छ ।

तमु ल्होसारमा पुस १५ गते मंगलबार, माघे संक्रान्तिमा माघ १ गते बुधबार( थारु, मगर, छन्त्याल जाति) लाई बिदा दिइएको छ । तामाङ समुदायको सोनम ल्होसार बिदा दिइने भए पनि यसपटक माघ ११ गते शनिबार परेको छ ।शेर्पाहरुको ग्याल्बो ल्होसार फागुन १२ गते सोमबार पनि बिदा रहेको छ।

त्यस्तै झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व र थेउचिक पर्व मनाउने जिल्लामा उक्त दिन बिदा सरकारले निर्णय गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया