जिआइसि, नेपाल र गण्डकी बिकास बैंकबीच बैङ्कासुरेन्स


आर्थिकन्यूज

काठमाडाैं, फागुन ३० । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र गण्डकी बिकास बैंक बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच बिहीबार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया