दिव्य लघुवित्तको अध्यक्षमा भट्टराई नियुक्त


आर्थिकन्यूज

काठमाडौं, फागुन ३० । दिव्य लघुवित्त वित्तीय संस्था लि.को गत शनिवार नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको प्रथम बार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि जीवन भट्टराईलाई समितिको अध्यक्ष चयन गरेको छ ।

सभाले जीवन भट्टराई(प्रतिनिधि– सेञ्चुरी कमर्सियल बैंक लि.), प्रकृतिराज तिमिल्सिना (प्रतिनिधि – कैलाश विकास बैंक लि.), महेश बहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको छ ।

अध्यक्ष जीवन भट्टराईले बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष सपथ ग्रहण लिएको छ ।

अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी ११ करोड र चुक्ता पूँजी ७ करोड ७० लाख रहेको यस लघुवित्त वित्तीय संस्था लि.को सर्वसाधारण शेयरधनीलाई छुट्याईएको शेयर बाहेक हालको चुक्ता पूँजीको आधारमा सेञ्चुरी कमर्सियल बैंक लि. को ३५.७१ प्रतिशत, कैलाश विकास बैंक लि. को १५.२९ र व्यक्तिगत संस्थापकहरुको ४९ प्रतिशत शेयरमा लगानी रहेको छ ।

हाल यस लघुवित्तको १३ वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन् भने यस आ.ब.को अन्त्य सम्ममा २२ वटा शाखा कार्यालयहरु हुने लक्ष्य संस्थाले लिएको छ । साथै, आगामी आ.ब.मा वित्तीय संस्थाको शेयर सर्वसाधारणमा जाने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया