महिनाको अन्तिम दिन नेप्से ५ अंकले बढ्यो, कारोबार साढे ४८ करोडमाथि


आर्थिकन्यूज

काठमाडौं, फागुन ३० । यस महिनाको अन्तिम दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ५ दशमलव ४० अंकले बढेर १ हजार १ सय ५५ दशमलव ५० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ३६ अंकले बढेर २ सय ४६ दशलमव १० को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड ५८ लाख ७७ हजार बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेशनल लाइफ इन्स्योरेन्सको प्रमोटर शेयरको भएको छ । जसको कारोबार आज २१ करोड रुपैयाँ बराबरको भएको छ ।

त्यस्तै यस दिन सर्वा्धिक कमाउनेमा तिनाउ विकास बैंक र युनाइटेड फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्य आज दुबैंको ९ दशमलव ८८ प्रतिशतले बढेर १७८ रुपैयाँ पुगेको छ ।

साथै सर्वा्धिक गुमाउनेमा रिद्धि हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य ६ दशमलव १२ प्रतिशतले घटेर ९२ रुपैयाँ रहेको छ ।

यस दिन १० उपपरिसुचकहरुमा उत्पादक तथा प्रशोधन समूह शुन्य दशमलव २३ अंकले घटेको छ । भने बाँकी सबैभन्दा समूहहरु बढ्का छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया