एशियन लाईफ र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स


आर्थिकन्यूज

काठमाडौं, फागुन ३० । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बिहीबार एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने जनाएको छ ।

साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ । २०७५ पुस मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष रु. १५ अर्ब १२ लाख रहेको छ । रु.५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीले चुक्ता पूँजी रु.२ अर्ब पुर्याउनको लागी निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया