नेशनल लाईफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम चैत्र १५ गते


आर्थिकन्यूज
नेशनल लाइफ

काठमाडौं, फागुन ३० । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  (National Life Insurance Co. Ltd.) लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जसको बुक क्लोज चैत्र १ गतेदेखि बन्द गर्ने भएको छ ।

कम्पनीको तिसौं वार्षिक साधारण सभा चैत्र १५ गते शुक्रबार बिहान साढे १० बजे, नेशनल लाईफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौंमा गर्ने निर्णय भएको हो ।

वार्षिक साधारण सभामा आव २०७३।७४ समाप्त वर्षको वासलातको फांटवारी, आय व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, संचालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर वापतको कर प्रयोजको लागि १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश स्विकृत गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको हालको चुक्ता पुँजीको १३ दशमलव ५ प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

वार्षिक साधारण सभाका लागि बुक क्लोज चैत्र १ देखि चैत्र १५ गतेसम्म बन्द गर्ने भएको छ । उक्त लाभांश फागुन ३० गते अर्थात आजसम्म कायम शेयरधनीले मात्र पाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया